सोह्र श्राद्ध प्रारम्भ, अहिले गर्न नमिल्नेले कहिले गर्ने ? « Khabarhub

सोह्र श्राद्ध प्रारम्भ, अहिले गर्न नमिल्नेले कहिले गर्ने ?



काठमाडौँ- प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन कृष्ण अमावश्यासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज शुरु भएको छ । आज पितृ पक्षको पहिलो दिन प्रतिपदा तिथिको श्राद्ध गरिन्छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन कृष्ण अमावश्यासम्मका तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।

सक्नेले यस पक्षका सबै तिथिमा श्राद्ध गर्नुपर्छ । नसक्नेले पञ्चमीदेखि औँशीसम्म, यति पनि नसक्नेले पिताका तिथिमा श्राद्ध गर्नुपर्ने शास्त्रीय वचन छ ।

कुनै कारणवश पिताको तिथिमा श्राद्ध रोकिएमा अष्टमी, द्वादशी वा औँशीमा श्राद्ध गर्नुपर्छ । औँशीमा पनि रोकिए आश्विन शुक्ल पञ्चमीसम्म गर्नु पर्दछ । त्यसबीचमा पनि गर्न नपाए कार्तिक कृष्ण औशीमा गर्नु पर्दछ । यस दिन पनि गर्न नमिल्ने भयो भने सूर्य वृश्चिक राशि (मङ्सिर १ गते)मा जानुअघि जुराएर गर्नुपर्ने शास्त्रीय वचन छ । तिथिका दिन रोकिएपछि गरिने श्राद्ध नन्दा तिथि अर्थात् प्रतिपदा, षष्ठी र एकादशीमा पारिनुहुन्न ।

सूर्य वृश्चिक राशिमा जानु अघिसम्म दिवङ्गत पितृ पितृलोकबाट मर्त्र्यलोकमा झरेर पिण्डदानको आशाले सन्तानको घर वरपर घुमेर बस्ने शास्त्रीय मान्यता छ । यस समयमा श्राद्ध नगरे पितृले सराप्दै फेरि पितृलोकमा फर्कन्छन् । यो समयमा श्राद्ध नगरे दोष लाग्ने मान्यता छ । आश्विन कृष्ण पक्षलाई महालय, अपर, पितृ र प्रेत पक्ष पनि भनिन्छ ।

सोह्र श्राद्ध पर्वमा गरिने भएकाले यस श्राद्धलाई पार्वण भनिन्छ । पार्वण श्राद्ध गर्ने समय पनि शास्त्रले निर्दिष्ट गरेको छ । सूर्योदयदेखि सूर्यास्तसम्मको समयलाई दिनमान भनिन्छ । दिनमानलाई पाँच भाग लगाइन्छ । पहिलो भागलाई प्रात; दोस्रोलाई सङ्गव; तेस्रोलाई मध्याह्न; चौथोलाई अपराह्न र पाँचौँ भागलाई सायं भनिन्छ । महालय श्राद्ध अपराह्नकालमा गरिनुपर्छ । चौथो भागमा पिण्डदान गर्ने गरी श्राद्ध गरिनु पर्दछ ।

पितृको मृत तिथिमा गरिने एकोद्दिष्ट श्राद्ध तेस्रो भाग अर्थात् मध्याह्नकालमा गरिनुपर्छ । अपराह्नकालमा शुरु गरेर सायंकालसम्म गए पनि फरक पर्दैन तर मध्याह्नकाल वा त्यसभन्दा अघि नै भने सोह्रश्राद्ध गर्नु हुँदैन । समयमा नगरे श्राद्धको फल प्राप्त हुँदैन ।

यस्तै एक घरमा श्राद्धको टीका लगाएको ब्राह्मणले अर्को घरमा लगाउनुहुँदैन । अर्को टीका लगाएको ब्राह्मण देखे पितृले श्राप दिन्छन् । त्यो श्राद्धको फल प्राप्त हुँदैन । धेरै घरमा एकै ब्राह्मणले श्राद्ध गर्ने र बिहानैदेखि सोह्रश्राद्ध गर्नु शास्त्रविरुद्ध रहेको छ । तीर्थ श्राद्धबाहेकका अरुमा भने पायसकै पिण्ड दान गरिनुपर्छ ।

चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परानुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ५ : ४० बजे

नेपाली सेनाको हरिहरपुरगढी–सिन्धुलीगढी पदयात्रा समापन

सिन्धुलीगढी– नेपाली सेनाको मध्यपूर्वी पृतनाले सिन्धुलीको हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म सञ्चालन गरेको

कुलमानको स्पष्टीकरण : मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछिको सरकारमा

बालेनको चुनावी दौडाहा : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

तेह्रथुम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले तेह्रथुमस्थित

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन