सोह्र श्राद्ध प्रारम्भ, अहिले गर्न नमिल्नेले कहिले गर्ने ? « Khabarhub

सोह्र श्राद्ध प्रारम्भ, अहिले गर्न नमिल्नेले कहिले गर्ने ?



काठमाडौँ- प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन कृष्ण अमावश्यासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज शुरु भएको छ । आज पितृ पक्षको पहिलो दिन प्रतिपदा तिथिको श्राद्ध गरिन्छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन कृष्ण अमावश्यासम्मका तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।

सक्नेले यस पक्षका सबै तिथिमा श्राद्ध गर्नुपर्छ । नसक्नेले पञ्चमीदेखि औँशीसम्म, यति पनि नसक्नेले पिताका तिथिमा श्राद्ध गर्नुपर्ने शास्त्रीय वचन छ ।

कुनै कारणवश पिताको तिथिमा श्राद्ध रोकिएमा अष्टमी, द्वादशी वा औँशीमा श्राद्ध गर्नुपर्छ । औँशीमा पनि रोकिए आश्विन शुक्ल पञ्चमीसम्म गर्नु पर्दछ । त्यसबीचमा पनि गर्न नपाए कार्तिक कृष्ण औशीमा गर्नु पर्दछ । यस दिन पनि गर्न नमिल्ने भयो भने सूर्य वृश्चिक राशि (मङ्सिर १ गते)मा जानुअघि जुराएर गर्नुपर्ने शास्त्रीय वचन छ । तिथिका दिन रोकिएपछि गरिने श्राद्ध नन्दा तिथि अर्थात् प्रतिपदा, षष्ठी र एकादशीमा पारिनुहुन्न ।

सूर्य वृश्चिक राशिमा जानु अघिसम्म दिवङ्गत पितृ पितृलोकबाट मर्त्र्यलोकमा झरेर पिण्डदानको आशाले सन्तानको घर वरपर घुमेर बस्ने शास्त्रीय मान्यता छ । यस समयमा श्राद्ध नगरे पितृले सराप्दै फेरि पितृलोकमा फर्कन्छन् । यो समयमा श्राद्ध नगरे दोष लाग्ने मान्यता छ । आश्विन कृष्ण पक्षलाई महालय, अपर, पितृ र प्रेत पक्ष पनि भनिन्छ ।

सोह्र श्राद्ध पर्वमा गरिने भएकाले यस श्राद्धलाई पार्वण भनिन्छ । पार्वण श्राद्ध गर्ने समय पनि शास्त्रले निर्दिष्ट गरेको छ । सूर्योदयदेखि सूर्यास्तसम्मको समयलाई दिनमान भनिन्छ । दिनमानलाई पाँच भाग लगाइन्छ । पहिलो भागलाई प्रात; दोस्रोलाई सङ्गव; तेस्रोलाई मध्याह्न; चौथोलाई अपराह्न र पाँचौँ भागलाई सायं भनिन्छ । महालय श्राद्ध अपराह्नकालमा गरिनुपर्छ । चौथो भागमा पिण्डदान गर्ने गरी श्राद्ध गरिनु पर्दछ ।

पितृको मृत तिथिमा गरिने एकोद्दिष्ट श्राद्ध तेस्रो भाग अर्थात् मध्याह्नकालमा गरिनुपर्छ । अपराह्नकालमा शुरु गरेर सायंकालसम्म गए पनि फरक पर्दैन तर मध्याह्नकाल वा त्यसभन्दा अघि नै भने सोह्रश्राद्ध गर्नु हुँदैन । समयमा नगरे श्राद्धको फल प्राप्त हुँदैन ।

यस्तै एक घरमा श्राद्धको टीका लगाएको ब्राह्मणले अर्को घरमा लगाउनुहुँदैन । अर्को टीका लगाएको ब्राह्मण देखे पितृले श्राप दिन्छन् । त्यो श्राद्धको फल प्राप्त हुँदैन । धेरै घरमा एकै ब्राह्मणले श्राद्ध गर्ने र बिहानैदेखि सोह्रश्राद्ध गर्नु शास्त्रविरुद्ध रहेको छ । तीर्थ श्राद्धबाहेकका अरुमा भने पायसकै पिण्ड दान गरिनुपर्छ ।

चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परानुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ५ : ४० बजे

स्कोडा नेपालले सार्वजनिक गर्‍यो फेसलिफ्ट गरिएको नयाँ कुशाक एसयूभी, मूल्य कति ?

काठमाडौं– स्कोडा नेपालले फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई ‘रियल ड्राइभर्स

गगनको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो कार

काठमाडौं- सरकार समर्थित समूहले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति

भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चित

भक्तपुर– जिल्लाभित्र रहेका सम्पूर्ण बालबालिका अर्थात् १० हजार ७४३ बालबालिकाले

‘बर्न’ उपचार केन्द्र विस्तार गर्न  प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र

भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा नौ जनाको मृत्यु

नयाँदिल्ली– भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा