आईपीएलमा कोलकाताको शानदार जित « Khabarhub

आईपीएलमा कोलकाताको शानदार जित


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले शानदार जित निकालेको छ ।

आबुधाबीमा सोमबार राति कोलकाताले रोयल च्यालेन्जर्स बैंगलोरमाथि ९ विकेटको जित निकालेको हो ।

बैंगलोरले दिएको ९३ रनको लक्ष्य कोलकाताले मात्र १० ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो ।

कोलकाताको जितमा सुबमन गिलले ४८ रन बनाउँदा भेन्काटेस आयर ४१ रनमा अविजित रहे । बैंगलोरका युजभेन्द्र चाहलले १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बैंगलोर १९ ओभरमा अलआउट हुँदै ९२ रनमा समेटियो ।

बैंगलोरका देबदुत पडिकलले सर्वाधिक २२ रन जोडे । सृकर भारतले १६ रन जोड्दा हर्सल पटेलले १२ रन बनाए । ग्लेन म्याक्सवेल १० रनमा आउट भए । कप्तान विराट कोहली ५ रनमा आउट भए ।

कोलकाताका आन्द्रे रसेल र वरुण चक्रवर्तीले ३/३ विकेट लिए । लक्की फर्गुसनले २ विकेट लिए ।

जितसँगै कोलकाता ८ खेलमा ६ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । बैंगलोर १० अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ६ : ३१ बजे

हिटलरको घर अब प्रहरी चौकी

एजेन्सी– नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई अस्ट्रियाले प्रहरी चौकीमा

हिंसा रोक्न गौरमा तीनै सुरक्षा निकाय परिचालन, भित्री भेगमा छिटफुट नाराबाजी र होहल्ला जारी

गौर- साम्प्रदायिक हिंसा नियन्त्रणका लागि रौतहटको सदरमुकाम गौरका विभिन्न स्थानमा

उम्मेदवारहरूको घरदैलो अभियान तीव्र

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर राजनीतिक दल

सुनसरी–४ मा कांग्रेस र रास्वपाका कार्यकर्ताबीच झडप

सुनसरी– सुनसरी-४ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का

लागूऔषध विरुद्धको अमेरिकी आक्रमण : तीन जनाको मृत्यु

एजेन्सी – अमेरिकी सेनाले शुक्रबारदेखि पूर्वी प्रशान्तमा लागूऔषध तस्करी गर्नेहरू