राष्ट्रिय सभाको बैठक बस्दै, प्रतिनिधि सभाबाट पारित बजेट विधेयक पेस गरिने « Khabarhub

राष्ट्रिय सभाको बैठक बस्दै, प्रतिनिधि सभाबाट पारित बजेट विधेयक पेस गरिने


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक दिउँसो १ बजे सुरु हुनेछ ।

बैठकमा सरकारले सोमबार प्रतिनिधि सभाबाट पारित गरेको बजेटका तीनवटै विधेयक पेस गर्ने सम्भावित कार्यसुची छ । अध्यादेशमार्फत आएको बजेटलाई संशोधन गर्न ल्याइएका प्रतिस्थापन विधेयकलाई बजेटकै अंग हुनेगरी प्रतिनिधि सभाले सोमबार पारित गरेको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रस्तुत गर्ने छन् । त्यसपछि विधेयकबारे सैद्धान्तिक छलफल हुनेछ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ११ : ०५ बजे

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै