मेयरलाई मुक्का हान्ने कार्यकर्तामाथि एमालेले मुद्दा नचलाउने | Khabarhub Khabarhub

मेयरलाई मुक्का हान्ने कार्यकर्तामाथि एमालेले मुद्दा नचलाउने


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- एमालेले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने अनेरास्ववियु रुपन्देहीका सदस्य गणेश पंगेनीविरूद्ध मुद्दा नचलाउने भएको छ ।

नेकपा एमाले बुटवलले मंगलबार पत्रकार सम्मेलन गर्दै घटना दुःखद र गलत भएको बताउँदै मुद्दा चलाउने पक्षमा एमाले नरहेको बताएको हो । एमाले बुटवल उपमहानगरका अध्यक्ष बाबुराम पन्थीले बुटवलको पहिरो प्रभावित ज्योतिनगरमा नगरप्रमुखमाथि भएको आक्रमणको निन्दा गरेका छन् ।

‘घटना जसरी भयो, त्यो गलत छ । तर, यस घटनालाई मुद्दाका रूपमा अघि बढाउने पक्षमा हामी छैनौं’, उनले भने । उनले घटना नियोजित रूपमा भएको आशंका व्यक्त गरे ।

एमालेका जिल्ला अध्यक्षसमेत रहेका सुवेदीलाई आफ्नै कार्यकर्ताले मुक्का हानेपछि पार्टीभित्र पनि बहस सृजना गरेको छ । नगर प्रमुख सुवेदीमाथिको आक्रमणलाई भने बुटवल उपमहानगरले नियोजित भएको भन्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेको थियो ।

पहिरो निरीक्षणका लागि बुटवल–३ ज्योतिनगरमा गएका नगरप्रमुख सुवेदीलाई सोमबार पंगेनीले मुक्का प्रहार गरेका थिए । पंगेनीलाई सोमबार साँझ ७ बजे नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ज्योतिनगरका स्थानीयसमेत रहेका पंगेनी पहिरो प्रभावित हुन् । ज्योतिनगर र लक्ष्मीनगरमा पहिरोले दुई दर्जन घरमा क्षति पुगेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ११ : ३० बजे

प्रिय जेनजी, अब आगो निभाउने काममा लाग्नुहोस् : बाबुराम भट्टराई

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आन्दोलनरत जेनजीलाई अब

आजको मौसम पूर्वानुमान : देशका अधिकांश भागमा बदली हुने

काठमाडौं – हाल देशभर मनसुनको प्रभाव सामान्य रहेको छ। मनसुनको

अवाञ्छित गतिविधि रोक्न निगरानी गर्दै सेना : सहयोगका लागि नागरिकसँग आह्वान

काठमाडौं – नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा

संयमित बनौ, हामी फेरि उठ्ने छौं : एमाले महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर

राष्ट्रहितका लागि क्रियाशील रहन प्रहरीको अनुरोध

काठमाडौं – नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको