६० दिनपछि जमानतमा रिहा भए राज कुन्द्रा « Khabarhub

६० दिनपछि जमानतमा रिहा भए राज कुन्द्रा


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– पोर्नोग्राफी मामलामा जेलमा रहेका बलिउड अभिनेत्री शिल्पा शेठ्ठीकी पति राज कुन्द्रा ६० दिनपछि जमानतमा रिहा भएका छन् । मुम्बई कोर्टले राजको जमानत निवेदनमाथि फैसला गर्दै उनलाई जमानत दिने आदेश दिएको हो ।

पोर्नोग्राफी मामलामा व्यापारी राजलाई ५० हजार धरौटीमा जमानत दिएको हो । राजमाथि अश्लील फिल्म बनाएको र त्यसलाई ओटीटी प्लेटफर्ममा रिलिज गरेको आरोप छ ।

राजले सेप्टेम्बर १८ मा अदालतमा जमानतको लागि निवेदन दिएका थिए । उनले आफ्नो वकिल प्रशान्त पाटिलमार्फत जमानतको निवेदन दिएका थिए । जसमाथि सोमबार सुनुवाई गरिएको थियो ।

पोर्नोग्राफीमा मामलामा मुम्बई क्राइम ब्राञ्चका अधिकारीले १५ सय पृष्ठको चार्ज सिट तयार पारेको थियो । जसमा ४३ जना साक्षीको बयान राखिएको थियो ।

राजलाई जुलाई १९ मा पक्राउ गरिएको थियो । उनीविरुद्ध भारतीय खण्ड संहिता र सूचना प्रौद्योगिकी अधिनियमको विभिन्न धारा अनुसार मामला दर्ता गरिएको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ११ : ४८ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा