माधुरीका कारण सञ्जय र सलमानको सम्बन्धमा दरार « Khabarhub

माधुरीका कारण सञ्जय र सलमानको सम्बन्धमा दरार


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेता सञ्जय दत्त र सलमान खान बलिउडका दुई ठूला अभिनेता हुन् । हालैमात्र सञ्जयले सलमान आफ्नो कान्छो भाई जस्तै भएको बताएका थिए । तर समाचारअनुसार उनीहरुको सम्बन्ध अहिले पहिलेको जस्तो छैन । जसको कारक फिल्म ‘साजन’की अभिनेत्री माधुरी दिक्षितलाई मानिएको छ ।

सञ्जयको बायोपिक घोषणा हुँदा माधुरी आफ्नो नाम फिल्ममा नहोस् भन्ने चाहन्थिइन् । किनकी सञ्जय र माधुरी निकै लामो समयसम्म प्रेम सम्बन्धमा थिए । यहीकारण माधुरीले सलमानमार्फत बायोपिकको काम नगर्न सञ्जयलाई भनेकी थिइन् ।

यसपछि सलमानले सञ्जयसँग कुरा त गरे । तर सञ्जयले आफ्नो जीवनमा बायोपिक बनाउने निर्णय लिइसकेकाले सलमानको प्रयास असफल भयो । सलमानलाई सञ्जयको निर्णय मन नपरेपछि उनीहरुले बोलचाल नै बन्द गरिदिए ।

अभिनेता रणवीर कपूरलाई सञ्जयको बायोपिकमा प्रमुख भूमिकामा रोज्नुले पनि सलमान खुशी थिएनन् । किनकी त्यो समयमा रणवीर सलमानको पूर्व प्रेमिका कटरीना कैफसँग डेटमा थिए ।

सलमानले सन् २०११ मा सञ्जयकी श्रीमति मान्यता दत्तको जन्मदिनमा ठूलो झगडा गरेका थिए । त्यो समयमा सञ्जयको मिल्ने साथी बन्टी बालियासँग सलमानको झगडा भएको थियो ।

सलमानले सञ्जयलाई फिल्म ‘बडीगार्ड’मा सलमानको पिताको भूमिका निर्वाह गर्न अफर गरेका थिए । तर सञ्जयले आफ्नो उमेर सलमानको पिता बन्नका लागि सही समय नरहेको जनाएका थिए । जुन कुरा सलमानलाई मनपरेको थिएन ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १२ : ४४ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम