राज्यबाट विभूषित हुनेमा सबैभन्दा धेरै निजामती कर्मचारी र थोरै शिक्षक « Khabarhub

राज्यबाट विभूषित हुनेमा सबैभन्दा धेरै निजामती कर्मचारी र थोरै शिक्षक


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमडौँ– संविधान दिवस, २०७८ का अवसरमा सरकारले विभिन्न क्षेत्रका ९०३ जनालाई विभूषण प्रदान गर्ने निर्णय गर्‍यो ।

गृहमन्त्रालयका अनुसार यस वर्ष २५ किसिमका विभूषण घोषणा गरिएको छ । त्यसमा ११ किसिमका मानपदवी, ८ किसिमका अलंकार र ६ किसिमका पदक छन् ।

विभूषित हुनेमा निजामती सेवा कम्तीमा २५५ जना छन् । यसमा मुख्य सचिवदेखि कार्यालय सहयोगीसम्म छन् । यो संख्या कुल विभूषितमा २८ प्रतिशतभन्दा बढी हो । नेपाली सेनातर्फ प्रधानसेनापतिदेखि कुचिकारसम्म कम्तीमा ५५ जना विभूषित भएका छन् । यो संख्या ६ प्रतिशत हो ।

नेपाल प्रहरीमा महानिरीक्षकदेखि कार्यालय सहयोगीसम्म कम्तीमा १२५ जना विभूषित भएका छन् । यो संख्या करिब १४ प्रतिशतभन्दा हो । सशस्त्र प्रहरी कम्तीमा ४० जना विभूषित भएका छन् । यो संख्या करिब साढे ४ प्रतिशत हो ।

कुल दरबन्दीका हिबाबले राजयकोषबाट तलबभत्ता प्राप्त गर्ने निजामती, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको तुलनामा विद्यालय शिक्षकको संख्या सबैभन्दा धेरै छ ।

निजामती सेवामा कुल १ लाख ३६ हजार १९८ दरबन्दी छ । नेपाल प्रहरीमा कुल ७९ हजार ५३७ दरबन्दी छ । नेपाली सेनामा करिब ९५ हजार र सशस्त्र प्रहरी बलमा ३७ हजार दरबन्दी छ ।

विद्यालय शिक्षकको दरबन्दी १ लाख ५६ हजार छ । यीमध्ये विभूषित हुने शिक्षक ८ जना छन् । विभूषित हुने कुल संख्यामा शिक्षकको संख्या एक प्रतिशतभन्दा कम, शून्य दशमलव ८८ प्रतिशत हो ।

विभूषित हुने शिक्षकमा ६ जना प्रधानाध्यापक, एक शिक्षक र एक पूर्वशिक्षक रहेका छन् । रुपन्देही, काठमाडौँ, चितवन, भक्तपुर, सुर्खेत र बर्दियाका १–१ जना र मोरङका २ जना छन् ।

राज्यको प्राथमिकतामा छैन : सुवेदी

नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीका विचारमा सरकारले शिक्षा र शिक्षकलाई प्राथमिकतामा नराखेका कारण विभूषणमा यति ठूलो फरक परेको हो । उनले भने, ‘शिक्षा र शिक्षक राज्यको प्राथमिकतामा कहिल्यै पनि परेका छैनन् ।’

राष्ट्रिय स्तरको विभूषणमा मात्र नभएर हरेक कुरामा सरकारले शिक्षा र शिक्षकलाई बेवास्ता गरेको सुवेदीको आरोप छ । विद्यालय शिक्षा र शिक्षकप्रति राज्यको दृष्टिकोण पूर्वाग्राही रहेको पनि उनको आरोप छ ।

उनका अनुसार लामो समय बितिसक्दा पनि संघीय शिक्षा ऐन आउनसकेको छैन, शिक्षकसँग गरेका धेरै सम्झौताहरू लागू भएका छैनन् । समग्रमा शिक्षकको हित र मर्यादाप्रति सरकार उदासीन छ ।

 

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १२ : ५९ बजे

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको