राज्यबाट विभूषित हुनेमा सबैभन्दा धेरै निजामती कर्मचारी र थोरै शिक्षक « Khabarhub

राज्यबाट विभूषित हुनेमा सबैभन्दा धेरै निजामती कर्मचारी र थोरै शिक्षक


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमडौँ– संविधान दिवस, २०७८ का अवसरमा सरकारले विभिन्न क्षेत्रका ९०३ जनालाई विभूषण प्रदान गर्ने निर्णय गर्‍यो ।

गृहमन्त्रालयका अनुसार यस वर्ष २५ किसिमका विभूषण घोषणा गरिएको छ । त्यसमा ११ किसिमका मानपदवी, ८ किसिमका अलंकार र ६ किसिमका पदक छन् ।

विभूषित हुनेमा निजामती सेवा कम्तीमा २५५ जना छन् । यसमा मुख्य सचिवदेखि कार्यालय सहयोगीसम्म छन् । यो संख्या कुल विभूषितमा २८ प्रतिशतभन्दा बढी हो । नेपाली सेनातर्फ प्रधानसेनापतिदेखि कुचिकारसम्म कम्तीमा ५५ जना विभूषित भएका छन् । यो संख्या ६ प्रतिशत हो ।

नेपाल प्रहरीमा महानिरीक्षकदेखि कार्यालय सहयोगीसम्म कम्तीमा १२५ जना विभूषित भएका छन् । यो संख्या करिब १४ प्रतिशतभन्दा हो । सशस्त्र प्रहरी कम्तीमा ४० जना विभूषित भएका छन् । यो संख्या करिब साढे ४ प्रतिशत हो ।

कुल दरबन्दीका हिबाबले राजयकोषबाट तलबभत्ता प्राप्त गर्ने निजामती, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको तुलनामा विद्यालय शिक्षकको संख्या सबैभन्दा धेरै छ ।

निजामती सेवामा कुल १ लाख ३६ हजार १९८ दरबन्दी छ । नेपाल प्रहरीमा कुल ७९ हजार ५३७ दरबन्दी छ । नेपाली सेनामा करिब ९५ हजार र सशस्त्र प्रहरी बलमा ३७ हजार दरबन्दी छ ।

विद्यालय शिक्षकको दरबन्दी १ लाख ५६ हजार छ । यीमध्ये विभूषित हुने शिक्षक ८ जना छन् । विभूषित हुने कुल संख्यामा शिक्षकको संख्या एक प्रतिशतभन्दा कम, शून्य दशमलव ८८ प्रतिशत हो ।

विभूषित हुने शिक्षकमा ६ जना प्रधानाध्यापक, एक शिक्षक र एक पूर्वशिक्षक रहेका छन् । रुपन्देही, काठमाडौँ, चितवन, भक्तपुर, सुर्खेत र बर्दियाका १–१ जना र मोरङका २ जना छन् ।

राज्यको प्राथमिकतामा छैन : सुवेदी

नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीका विचारमा सरकारले शिक्षा र शिक्षकलाई प्राथमिकतामा नराखेका कारण विभूषणमा यति ठूलो फरक परेको हो । उनले भने, ‘शिक्षा र शिक्षक राज्यको प्राथमिकतामा कहिल्यै पनि परेका छैनन् ।’

राष्ट्रिय स्तरको विभूषणमा मात्र नभएर हरेक कुरामा सरकारले शिक्षा र शिक्षकलाई बेवास्ता गरेको सुवेदीको आरोप छ । विद्यालय शिक्षा र शिक्षकप्रति राज्यको दृष्टिकोण पूर्वाग्राही रहेको पनि उनको आरोप छ ।

उनका अनुसार लामो समय बितिसक्दा पनि संघीय शिक्षा ऐन आउनसकेको छैन, शिक्षकसँग गरेका धेरै सम्झौताहरू लागू भएका छैनन् । समग्रमा शिक्षकको हित र मर्यादाप्रति सरकार उदासीन छ ।

 

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १२ : ५९ बजे

रातो मच्छिन्द्रनाथ : आस्था, इतिहास र एकताको यात्रा

काठमाडौँ उपत्यकाको सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने परम्परामध्ये सबैभन्दा भव्य र

बाख्रापालनबाट वार्षिक लाखौँको आम्दानी

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन ५२ हजार लगानीबाट

विद्युतको पोल पुग्यो, बलेन बत्ती

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युतका तार

एक्सन फिल्मले गर्लान् त रजगज ?

काठमाडौँ- बलिउड फिल्मलाई दक्षिण भारतीय फिल्महरूले छायाँमा पारेका छन् ।

आफ्नै कलहले थला परे प्रतिपक्ष, सदनमा कसले गर्ला सरकारलाई खबरदारी ?

काठमाडौँ- प्रतिनिधि सभामा कायम कुल २७५ सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी