अफगानिस्तानबाट यस वर्ष छ लाखभन्दा बढी विस्थापित : राष्ट्रसंघ « Khabarhub

अफगानिस्तानबाट यस वर्ष छ लाखभन्दा बढी विस्थापित : राष्ट्रसंघ


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यस वर्षमात्र अफगानिस्तानबाट छ लाखभन्दा बढी व्यक्ति विस्थापित भएको संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायले जनाएको छ ।

उक्त निकायका अनुसार यसवर्ष अफगानिस्तानमा हिंसाका कारण ६ लाख ३५ हजार जनाभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।

उक्त निकायले तीमध्ये गएको महिना दिनमा मात्र कम्तीमा १२ हजार जना व्यक्ति विस्थापित भएर राजधानी काबुल आएका बताएको छ । यसरी काबुल आएकाहरुमध्ये अधिकांश अफगानिस्तानको पञ्जसिरबाट आएका हुन् ।

ती व्यक्ति पछिल्लो समयमा अफगानिस्तानमा तालिबानहरुले शुरु गरेको सत्ता कब्जा र त्यसपछि यहाँका तालिबान र सेनाबीचको भिडन्तका कारण विस्थापित हुन पुगेका बताएको छ ।

उता शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले पनि हालैमात्र अफगानिस्तानको अवस्थाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराएको थियो ।

उक्त संस्थाले यहाँको अवस्था दिन प्रतिदिन खराब हुँदै गएको भन्दै सो निकायले अफगानिस्तानका नागरिकहरुका लागि पनि यहाँका तालिबानहरुसँग सम्पर्कमा रहेर नागरिकको अवस्थाको बारेमा जानकारी लिन र अत्यावश्यक परेको सहयोग लिनका लागि पनि आग्रह गरेको थियो ।

अहिले अफगानिस्तानमा धेरै कुराको खाँचो रहेको र यहाँका नागरिकलाई खाना, औषधि, बास तथा अन्य सबै चिजहरु चाहिएको पनि सो संस्थाले हालै एक विज्ञप्ति प्रकाशन गरेर जानकारी गराएको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  २ : ०१ बजे

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल