वित्तीय संस्थाका सामाजिक उत्तरदायित्वका कामबारे स्पष्ट नीति आवश्यक « Khabarhub

वित्तीय संस्थाका सामाजिक उत्तरदायित्वका कामबारे स्पष्ट नीति आवश्यक


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैंक एवं वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत वातावरण संरक्षण एवं जलवायु परिवर्तनका क्षेत्रमा गर्ने कामका विषयमा नेपाल राष्ट्र बैंकले स्पष्ट नीति तर्जुमा गर्नुपर्नेमा जोड दिइएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपालले आज बैंक एवं वित्तीय संस्थासँग आयोजना गरेको ‘जलवायुमा शासकीय सदाचार’ विषयक अन्तक्र्रिया कार्यक्रममा नेपाल बैंकर्स एशोसिएशनका व्यवस्थापक दिपेन महर्जनले स्पष्ट नीतिगत व्यवस्था नहुँदा काम गर्न असहज भएको बताए ।

सामाजिक उत्तरदायित्वअन्तर्गत वाग्मती किनारमा वृक्षरोपण गर्दा सहभागी भएका तीनवटा संस्थामध्ये कार्यक्रम सकिएपछि कसैले पनि जिम्मेवारी नलिँदा समस्या भएको उदाहरण कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

स्पष्ट नीतिगत व्यवस्था नहुँदा वातावरण संरक्षणका क्षेत्रमा गरिएको लगानी सदुपयोग हुन नसकेको एशोसिएशनले जनाएको छ । रुद्रमती किनारमा रोपिएका बिरुवा सुक्दा नजिकैका स्थानीयवासीले पानीसमेत नहालेकाले स्थानीय तहलाई पनि जिम्मेवार बनाउने गरी नीतिगत व्यवस्था हुनुपर्ने माग उनले गरे ।

विगत वर्षमा यस्ता कामको प्रतिवेदन कसैलाई पेश गर्नु नपरे पनि यस वर्षदेखि भने नेपाल राष्ट्र बैंकले प्रतिवेदन माग गर्न थालेको छ ।

प्रतिवेदन माग गरेसँगै स्पष्ट नीतिगत र कानुनी व्यवस्था गरिए वातावरण संरक्षणमा योगदान पुग्ने प्रभु बैंकका प्रमुख बजार अधिकृत मञ्जयराज पाण्डेले बताउए ।

कार्यक्रममा राष्ट्र बैंकका अधिकारीलाई समेत डाकिएकामा नआएको टिआइ नेपालकी कार्यक्रम संयोजक प्रकृति अधिकारीले जानकारी दिनुभयो । पछिल्लो समय जलवायु परिवर्तनका कारण बाढी पहिरोलगायत समस्या बढ्न थालेकाले संरक्षणका काममा सुशासनका विषयमा अभियान सुरु गरिएको उनले सुनाए ।

टिआइ नेपालका वरिष्ठ कार्यक्रम अधिकृत बबिता शर्माले वातावरण संरक्षणका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए । कार्यक्रममा सरोकार भएका सबै निकायको सहभागिता र सहयोग जुटाउन उनले सहकार्य आह्वान गरे ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १० : ५९ बजे

घरधनीकै योजनामा एसबीआई बैंकको शाखा लुटपाट, छविलालले हतियार व्यवस्थापनसँगै सूचना दिएका थिए

काठमाडौं-सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा गत पुस

चितवन पुगेर प्रचण्डले भने- कांग्रेसको फुटले निर्वाचनलाई असर गर्दैन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका

हामीले आधिकारिकता नपाए देशभर आन्दोलन हुन्छ : खड्का

काठमाडौं- निर्वाचन आयोगले विधान अनुरूप आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन

अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित

काबुल– अफगानिस्तानमा कुपोषण सङ्कटले महिला तथा बालबालिकामाथि गम्भीर असर पुर्‍याइरहेको

पूर्णबहादुरले भने : निर्वाचन आयोगले हामीलाई मान्यता नदिए देशभर आन्दोलन गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूलाई