धितोपत्र बोर्डका अध्यक्षमाथि लागेको आरोपको छानविन प्रतिवेदन अर्थमन्त्रीलाई बुझाइयो « Khabarhub

धितोपत्र बोर्डका अध्यक्षमाथि लागेको आरोपको छानविन प्रतिवेदन अर्थमन्त्रीलाई बुझाइयो


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले मङ्गलबार सकारलाई प्रतिवेदन बुझाएको छ ।

अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष एवम् उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेले छानबिन प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मासमक्ष बुझाएका हुन् ।

धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानिनोक्सानी पुर्‍याई बोर्डको हित र पुँजी बजारको विकासविपरीत हुने गरी पदीय आचरणविपरीत काम कारबाही गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न गत भदौ १६ गतेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ समिति गठन गरेको थियो ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ७ र नेपाल धितोपत्र बोर्डसम्बन्धी नियमावली, २०६४ को नियम ११ बमोजिम गठित समितिले तोकिएको समयभित्रै प्रतिवेदन पेश गरेको हो ।

जाँचबुझ प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले यसको अध्ययन गरेर सरकारले आवश्यक निर्णय गर्ने बताए । अध्ययन प्रतिवेदनको निष्कर्ष तथा सुझावले धितोपत्रसम्बन्धी कारोबारलाई व्यवस्थित र सुरक्षित गर्न तथा पुँजी बजारका सम्पूर्ण लगानीकर्ताको हित रक्षामा सहयोगी हुने धारणा राखेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १० : ०१ बजे

इरानको मिसाइल आक्रमणपछि इजरायलमा तनाव, सरकारसँग मागियो जवाफ

जेरूसेलम- इरानले शनिबार राति ठूलो क्षति हुने गरी मिसाइल हमला

आकाश खुलेसँगै सफा देखियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं- गत शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा

राम नवमीको साइतमा प्रधानमन्त्री बन्दै बालेन, त्यसअगाडि रास्वपाले गर्नेछ यी महत्‍वपूर्ण निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १२ गते बिहान सचिवालय र

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौँ – मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको

इरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा चुनौती

तेहरान – इरानी मिसाइल इजरायलको मुख्य आणविक अनुसन्धान केन्द्र नजिक