ह्यान्डिक्राफ्टभित्र लागूऔषध लुकाएर विदेश निर्यात गर्ने गिरोहका ७ जना पक्राउ (फोटोफिचर) « Khabarhub

ह्यान्डिक्राफ्टभित्र लागूऔषध लुकाएर विदेश निर्यात गर्ने गिरोहका ७ जना पक्राउ (फोटोफिचर)


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लागुऔषध नियन्त्रण ब्यूरोले ह्यान्डिक्राफ्टभित्र राखेर लागूऔषध विदेश निर्यात गर्ने गिरोहका ७ जनालाई पक्राउ गरेको छ ।

लागुऔषध चरेश लुकाउन प्रयोग गरिने ह्यान्डीक्राफ्टका सामानहरु तथा सो बनाउन प्रयोग हुने औजारसहित ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लागुऔषध कारोबारको मुद्दामा १९ वर्ष जेल बसेर निस्केका नुवाकोटको विदुर नगरपालिका– १३ का उर्पा तामाङसहित ७ जना रहेका छन् ।

व्युरोका अनुसार तामाङले २०७३ सालदेखि अहिलेसम्म ८० किलो चरेस विदेश पठाइसकेको अनुसन्धानमा खुलेको लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी हृदय थापाले जानकारी दिए ।

उनीहरुले कतारलाई नयाँ गन्तब्य बनाएर नेपालको एयरपोर्ट हुँदै लागूऔषध कतार लैजान खोजेको देखिएको थापाले बताए ।

ब्यूरोका अनुसार पक्राउपरेका गिरोहले नेपालबाट भारतको कोलकत्ता हुँदै बैँकक, थाइल्यान्ड, टर्कीलगायतका देशहरूमा चरेस तस्करी गरेको खुलेको छ ।

पक्राउ परेकाका सम्बन्धमा लागू औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरि म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ७ : ३२ बजे

२४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवलाई सर्वोच्चको आदेश

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत

सरकारद्वारा भदौ २३ लाई ‘जेन-जी शहीद दिवस’ घोषणा

काठमाडौं– सरकारले प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेन-जी शहीद दिवसको

अमेरिकी सवारीसाधन बिक्रीमा तीव्र गिरावट

एजेन्सी– उच्च भन्सार शुल्क, बढ्दो महँगी र रोजगारी सङ्कुचनका कारण

नारायणगढ–गैँडाकोट जोड्ने आइकोनिक पुल निर्माण सुरु

नारायणगढ– मुलुकको पूर्वपश्चिम जोड्ने प्रमुख व्यापारिक नाका नारायणगढस्थित नारायणी नदीमाथि