परराष्ट्रमन्त्री खड्का र भारतका समकक्षीबीच न्युयोर्कमा भेटवार्ता हुने « Khabarhub

परराष्ट्रमन्त्री खड्का र भारतका समकक्षीबीच न्युयोर्कमा भेटवार्ता हुने


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–भारतका विदेशमन्त्री एस जयशङ्करले नेपालको परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त भएकोमा बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले खड्कालाई बधाई दिँदै सहकार्य गर्न आफू प्रतीक्षारत रहेको बताएका छन् ।

न्युयोकमा रहेका एक भारतीय कूटनीतिज्ञकाअनुसार परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता हुने सम्भावना प्रबल छ । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा भारतका विदेशमन्त्री हाल न्यूयोर्कमा छन् भने परराष्ट्रमन्त्री खड्का बिहीबार अपराह्न त्यहाँ पुग्दै छन् ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को वर्तमान अध्यक्ष नेपालले महासभाका सन्दर्भमा आयोजना गर्दै आएको सार्क मुलुकका परराष्ट्रमन्त्रीको अनौपचारिक बैठक यसपटक अफगानिस्तानको बदलिँदो राजनीतिक परिदृश्यलाई दृष्टिगत गरी स्थगन गरिएका बेला हुनलागेको नेपाल र भारतका विदेशमन्त्रीको भेटवार्तालाई महत्वपूर्ण मानिएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ८ : ०६ बजे

इरानसँग आजैदेखि वार्ता सुरु गर्ने ट्रम्पको दाबी, ‘अत्यधिक ठूलो’ आक्रमण स्थगित

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्न लागिएको ‘अत्यधिक

शान्त बन्दै तराईं: आज बिहानदेखि धनुषाको निषेधाज्ञा हट्यो

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकालगायत क्षेत्रमा जारी

बेनी-जोमसोम र बेनी-दरबाङ सडकमा सवारी आवागमन बन्द

गण्डकी – म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल साउन १८ गते सोमबार सन् २०२६