श्रीलंका टी-ट्वान्टी विश्वकपको सुपर-१२ मा « Khabarhub

श्रीलंका टी-ट्वान्टी विश्वकपको सुपर-१२ मा


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रीलंका आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सुपर-१२ मा प्रवेश गरेको छ ।

आबुधाबीमा बुधबार राति आयरल्याण्डलाई ७० रनले हराएको श्रीलंका लगातार दोस्रो जितसहित सुपर-१२ मा पुगेको हो ।

श्रीलंकाले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटिएपछि श्रीलंकाले सुपर-१२ मा स्थान सुरक्षित गरेको हो ।

आयरल्याण्डका लागि कप्तान एन्डी बलब्रिनीले ४१ रन र कर्टिस क्याम्फरले २४ रन बनाउनबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

आयरल्याण्डलाई सस्तैम समेट्न श्रीलंकाका महेश थिकसानाले ३ विकेट लिँदा लाहिरु कुमारा र चामिका करुनारत्नेले २/२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।

श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले सर्वाधिक ७१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अर्धशतकीय इनिङ्स खेलेका पाथुम निशान्काले ६१ रन बनाए । कप्तान डसुन शनकाले अविजित २१ रन बनाए ।

आयरल्याण्डका जोस लिट्टलले ४ विकेट लिए । मार्क एडीयरले २ तथा पाउल स्ट्रर्लिङले १ विकेट लिए ।

जितसँगै सुपर १२ स्थान पक्का गरेको श्रीलंका २ खेलमा ४ अंकसहित शीर्ष स्थानमा छ ।  आयरल्याण्ड २ खेलमा २ अंकसहित दोस्रो स्थानमा छ । आयरल्याण्डको पनि सुपर १२ मा पुग्ने सम्भावना कायमै छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ६ : ४५ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर