रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर युनाइटेडको जित « Khabarhub

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर युनाइटेडको जित


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिग फुटबलमा पुनरामगन जित निकालेको छ ।

बुधबार राति युनाइटेडले एटलान्टालाई ३–२ गोलले हराएको हो । युनाइटेडको जितमा रोनाल्डोले विजयी गोल गरे ।

मारियो पासालिस र मेरिह डिमिरलले गोल गर्दै पहिलो हाफमा एटलान्टालाई अग्रता दिलाए पनि पूरै अवधि टिक्न सकेन ।

दोस्रो हाफमा युनाइटेड तीन गोल गर्दै खेल आफ्नो पक्षमा पार्‍यो । मार्कुस रासफोर्ड, ह्यारी मागुइरी र रोनाल्डोले युनाइटेडका लागि गोल गर्दै ३ अंक सुनिश्चित गरे ।

जितसँगै युनाइटेड शीर्ष स्थानमा उक्लिएको छ । उसले ३ खेलबाट ६ अंक जोडेको छ । एटलान्टा ४ अंकसहित दोस्रो स्थानमा छ ।

 

 

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ७ : ४५ बजे

सहमति नजुटेपछि सानेपाबाट गगन-विश्वमाथि कारबाही गर्दै कांग्रेस संस्थापन

काठमाडौं : बुधबार बिहान ८ बजेका लागि नेपाली कांग्रेस संस्थापन पक्षले

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को