समाचार

भारतमा १८ हजार कोरोना संक्रमित थपिँदा मृत्यु कति ?

By खबरहब

October 21, 2021

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १८ हजार ३५९ जना कोरोना संक्रमित थपिएका छन् ।

यही अवधिमा १७ हजार ५६० जना संक्रमित कोरोनामुक्त भएका छन् भने १६० जनाको मृत्यु भएको छ ।

भारतमा ३ करोड ४१ लाख २६ हजार ६८२ जना कुल संक्रमितमध्ये हालसम्म ३ करोड ३४ लाख ८८ हजार १८१ जना निको भइसकेका छन् भने ४ लाख ५२ हजार ८४४ जनाले ज्यान गुमाएका छन् ।

ओल्डोमिटरको अडेटअनुसार अहिले भारतमा सकृय संक्रमितको संख्या एक लाख ८५ हजार ६५७ रहेको छ ।