एमाले स्थायी कमिटी बैठक बस्दै, यी बिषयमा हुँदैछ छलफल « Khabarhub

एमाले स्थायी कमिटी बैठक बस्दै, यी बिषयमा हुँदैछ छलफल


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

बैठक च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानको हलमा दिउँसो ३ बजे सुरू हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

उनका अनुसार आजको बैठकमा असोज १६ र १७ गतेको विधान महाधिवेशनको समीक्षासँगै आसन्न राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल हुनेछ ।

एमालेको राष्ट्रिय महाधिवेशन मंसीरमा गर्ने तयारी छ । त्यसका लागि कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका अधिवेशन हुँदैछ । आजको बैठकमा त्यसबारे पनि छलफल गर्ने तयारी छ ।

लगातारको वर्षापछि आएको बाढी र पहिरोले देशभर पुर्‍याएको जनधनको क्षतिसँगै राहत र उद्धारमा सरकारको ध्यानाकर्षण गराउने एमालेको तयारी छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ८ : १५ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका