निरन्तरको वर्षाले पर्यटक र तीर्थयात्रीहरू अलपत्र | Khabarhub Khabarhub

निरन्तरको वर्षाले पर्यटक र तीर्थयात्रीहरू अलपत्र


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजङस्थित कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका पर्यटक र पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउनेहरू वर्षाका कारण अलपत्र परेका छन् ।

चार दिनदेखि अर्थात आइतबारदेखि निरन्तर परेको वर्षाले कञ्चनजंघा क्षेत्रको भ्रमणमा आएका बाह्य तथा आन्तरिक पर्यटकहरू साथै पाथीभार दर्शन गर्न आउने भक्तजनहरू बाटोमै अलपत्र परेका हुन् । आइतबार सुरु भएको वर्षा सोमबार दिउँसो केही समय रोकिए पनि त्यसयता वर्षा अविरल रहेको छ ।

निरन्तरको वर्षाले कञ्चनजंघा क्षेत्रको भ्रमणमा आएका पर्यटक कोही आधारक्षेत्र पुगेर रोकिएका छन् भने कोही बीच बाटो घुन्सा क्षेत्रमै रोकिएका छन् ।

यस्तै ताप्लेजुङ हुँदै मकालु हिमालको भ्रमणमा जाने पर्यटकसमेत ओलाङ्चुङगोलामा रोकिएका छन् । पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्रीहरू माथिल्लो फेदी काफ्ले पाटी र फुङ्लिङ बजारमा रोकिएका छन् भने कोही तीर्थयाथीहरूले प्लास्टिक र छाता ओढेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासितेन्जिङ शेर्पाका अनुसार फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सामा वर्षाका कारण विदेशीसहित २८ जना पर्यटक रोकिएका छन् । कञ्चनजंघा हिमालको आधार शिविरतर्फ जाँदै गरेका उक्त संख्यामा पर्यटकहरू वर्षाले गर्दा घुन्सामै रोकिएका शेर्पाले बताए ।

उनका अनुसार उक्त टोली सोमबार घुन्सा पुगेका हुन् । विदेशी पर्यटकमा अमेरिका, फ्रान्स लगायत देशका ११ जना रहेका छन् भने आन्तरिकमा झापा, संघीय राजधनी काठमाडौं लगायत विभिन्न जिल्लाका पर्यटकहरू छन् । त्यस्तै कञ्चनजंघा आधार शिविर गएका विदेशीसहित १६ जना पर्यटक उतै रोकिएका पनि शेर्पाले जानकारी दिए ।

उक्त पर्यटकको टोली साता दिनअघि नै आधार शिविर क्षेत्रको भ्रमणमा गएका बताइएको छ । यसैगरी फक्ताङ्लुङ (कुम्भकर्ण–७७१० मिटर) हिमाल आरोहणमा गएको दुईजना अमेरिकी आरोहीसहितको टोली पनि वर्षाले कुम्भकणै क्षेत्रमै रोकिएका छन् ।

यता ताप्लेजुङ र संखुवासभाको सीमाक्षेत्र लुम्बासुम्बा हुँदै मकालु हिमालको भ्रमणमा जाने ११ जना पर्यटक वर्षाको कारण ओलाङ्चुङगोलामा रोकिएका छन् । ओलाङ्चुङगोलाका स्थानीय होटल व्यवसायी याङ्माक नुपु शेर्पाका अनुसार विदेशीसहितको उक्त टोली निरन्तरको वर्षाका कारण सोमबारदेखि रोकिएका हुन् । हाल तीन दिनदेखिको निरन्तरको वर्षाका कारण कञ्चनजंघाको खम्बाचेन, लोनाक आधार शिविर क्षेत्रसम्म हिमपात भएको पनि घुन्साका स्थानीय होटल व्यवसायी उटुक शेर्पाले बताए ।

अहिले वर्षासँगै हिमाली क्षेत्रमा हिमपातको क्रम पनि जारी रहेको र तीन हजार ४५० मिटरको उचाइ रहेको घुन्सा बस्तीसम्म नै हिउँ आइपुग्ने सम्भावना बढेको पनि शेर्पाले बताए ।

फले, घुन्सा गाउँ कञ्चनजंघा हिमालको पदमार्ग क्षेत्रमा पर्दछ भने फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला पश्चिमको दार्चुला जोड्ने ग्रेट हिमालयन ट्रेलको पूर्वी शुरुवात बिन्दू पर्दछ । पछिल्लो समय विभिन्न पर्यटकीय क्षेत्रको भ्रमणमा निस्कने पर्यटकको रोजाइमा ग्रेट हिमालयन ट्रेल (पूर्व–पश्चिम पदमार्ग) पर्न थालेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बू लिम्बूले बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ११ : ३७ बजे

युरोकप : आजदेखि अन्तिम १६ का खेल हुँदै, इटाली र स्वीट्जरल्याण्ड भिड्ने

काठमाडौं– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल अन्तर्गत आजदेखि नकआउट

श्रीमान-श्रीमती घरसहित पहिरोमा पुरिए

बागलुङ – बागलुङको गलकोट नगरपालिका-८ काँडेबाँसको बिसौनामा दम्पती घरसहित पहिरोमा

देशभरका पत्रकार महासंघ कार्यालयमा प्रेस युनियनले तालाबन्दी गर्दै

काठमाडौं– नेपाल प्रेस युनियनले आज नेपाल पत्रकार महासंघका देशभरका कार्यालयहरूमा

कोपा अमेरिका : कोलम्बिया क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं– कोपा अमेरिका फुटबलमा कोलम्बिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

धरापमा वराहक्षेत्र मन्दिर !

काठमाडौं- नेपालको चार धाममध्ये एक धामका रूपमा परिचित सुनसरीको वराहक्षेत्र