नेतृत्वले परम्परा र मूल्यमान्यता विपरीत काम गर्दा पार्टी कमजोर भयो– सिंह « Khabarhub

नेतृत्वले परम्परा र मूल्यमान्यता विपरीत काम गर्दा पार्टी कमजोर भयो– सिंह


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वको गलत आचरणले पार्टी कमजोर भएको आरोप लगाएका छन् । उनले नेतृत्वले परम्परा र मूल्यमान्यता विपरीत काम गर्दा पार्टी कमजोर भएको बताए ।

धादिङको धुनिबेसीमा नेपाली कांग्रेस धुनिबेसी नगर समितिको कार्यलय भवन उदघाटन गर्दै नेता सिंहले अबको नेतृत्व विधि, पद्धति र मूल्यमान्यता पालना गर्नसक्ने हुन आवश्यक रहेको बताए ।

उनले विधिसम्वत र संस्थागत रुपमा पार्टीलाई अगाडी बढाउनको लागी सक्षम नेतृत्व चाहिने बताए ।

पार्टीका सिनियर नेतालाई सम्मान गर्ने तर अबसर पाउँदा पनि काम गर्न नसक्नेलाई नेतृत्व सुम्पिन नहुने उनको तर्क छ । उनले तोकिएको मितिमा पार्टीको आसन्न १४ औं महाधिबेशन गर्न सबैले दबाब दिनुपर्ने पनि बताए ।

उनले भने, ‘महाधिबेशन कुनै पनि हालतमा तोकिएकै मितिमा गर्नु पर्दछ । क्रियाशिल सदस्यता विधि र पद्धती अनुसार वितरण हुनुपर्छ । यसअघिको सहमति अनुसार नै पार्टीको अधिवेशन अगाडी बढाउनु पर्दछ । यसमा नेतृत्वले ध्यान दिन जरुरी छ ।’

अधिवेशन त समयमा नै गर्न नसकेको कांग्रेसले कसरी देश विकास गर्न सक्छ भन्दै जनताले प्रश्न गरेको उनले बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ११ : ५१ बजे

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि