सम्बन्धविच्छेदपछि युट्युबमाथि सामन्थाले लगाइन् मुद्धा « Khabarhub

सम्बन्धविच्छेदपछि युट्युबमाथि सामन्थाले लगाइन् मुद्धा


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपीलाइभ)– हालैमात्र अभिनेत्री नागा चैतन्यसँग सम्बन्धविच्छेद गरेकी अभिनेत्री सामन्था रुथ प्रभु अहिले चर्चामा छिन् । सामन्था र नागाको सम्बन्धविच्छेदपछि केही युट्युब च्यानल र मिडियाले अभिनेत्रीलाई लिएर विभिन्न आरोप लगाएका थिए ।

अहिले सामन्थाले तिनै फर्जी, भ्रामक र आपत्तिजनक समाचार प्रसारण गर्ने मिडियामाथि उजुरी दर्ता गरेकी छन् । सामन्थाको उजुरीका आधारमा प्रहरीले सुमन टीभी युट्युब च्यानल, तेलुगू पपुलर टीभी र केही अन्य युट्युब च्यानललाई कानूनी पत्र पठाएको छ ।

सामन्थाले यी युट्युब च्यानलले आफ्नो छवि बिगार्नका लागि भ्रामक र आपत्तिजनक समाचार प्रसारण गरेका थिए । उनले एक वकिल वेंकट रावमाथि पनि लिगल एक्सन लिएकी छन् । सामन्थाका अनुसार वेंकटले सामन्थाको वैवाहिक जीवनलाई लिएर केही दाबी गरेका थिए । वकिलले सामन्थाको अन्य कैयौं व्यक्तिसँग अफेयर रहेको दाबी गरेका थिए ।

यी सबै आरोप–प्रत्यारोपका बीच सामन्था एक्लै बनेकी छन् । उनका पूर्वपति नागा र ससुरा नागार्जुनले सामन्थाका विषयमा चलिरहेको समाचारबारे केही प्रतिक्रिया दिएका छैनन् ।

नागासँग सम्बन्धविच्छेदपछि उनलाई एलिमनीका रुपमा २ सय करोड रुपैंयाँ अफर गरिएको थियो । जुन अफरलाई उनले अस्वीकार गरेकी थिइन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  १ : २६ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान