दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार « Khabarhub

दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसूचक १४ दशमलव ७० अंकले घटेर दुई हजार ५५६ दशमलव ९५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

आज २१६ कम्पनीको ६ करोड १० लाख ६ हजार ४५२ कित्ता सेयर कारोबार हुँदा कुल दुई अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार गर्नेमा सानिमा बैंक रहेको छ । बैंकको आज २७ करोड १२ लाख ९७ हजार ६०९ दशमलव ८० रुपैयाँको कारोबार भएको छ ।

आज अन्य र म्युचल फण्डको समूह मात्रै हरियो देखिएका छन् । व्यापार, विकास बैंक, फाइनान्स समूहको सूचक दुई प्रशितभन्दा धेरैले ओरालो लागेको छ ।

त्यसैगरी, आज सबैभन्दा धेरै फाइदा कमाउनेमा मेरो सेयरका लगानीकर्ता रहेका छन् । लघुवित्त १४४ दशमलव ८० अंकले फाइदामा गएको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै नोक्सान व्यहोर्नेमा जोशी हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । कम्पनी माइनस १७ दशमलव ६० अंकले घाटामा गएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ३ : ५० बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले