मार्शल आर्टमा अब्बल यी कलाकार « Khabarhub

मार्शल आर्टमा अब्बल यी कलाकार


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– एक कलाकारका लागि स्वस्थ शरीर, स्वस्थ्यकर खाना र दिमाग स्वस्थ रहन आवश्यक छ । यो कुरामा बलिउड कलाकार जानकार छन् । यीमध्ये केही कलाकारहरु आफ्नो शरीर बनाउनका लागि जिमको प्रयोग गर्छन् । बाँकी अन्य कलाकार राम्रो स्वास्थ्यका लागि मार्शल आर्टलाई आफ्नो नियमित तालिकामा राखेका छन् ।

बलिउडमा सबैभन्दा फिट कलाकारमध्ये अभिनेता अक्षय कुमारले थाइल्याण्डको एक मार्शल आर्ट फर्म मय थाई सिकेका छन् । उनी बलिउडमा आउनुअघि नै यो फर्म सिकेका थिए । अहिले उनी स्वस्थ शरीर र जीवनशैली बनाउनका लागि मार्शल आर्टलाई आफ्नो दैनिकी बनाइरहेका छन् ।

बलिउडका ‘हेण्डसम हंक’का रुपमा परिचित टाइगर श्राफ १४ वर्षको उमेरदेखि नै मार्शल आर्टको अभ्यास गरिरहेका छन् । उनी तेक्वान्दोको ब्ल्याक बेल्ट हुन् र उनी प्रायः इन्सपिरेसनल भिडियो शेयर गरिरहन्छन् । उनी एमएमएको तालिमको फोटो पनि शेयर गरिरहन्छन् ।

यसबाहेक उनलाई जिम्न्याष्टिक र उसु पनि आउछ । उनले आफ्नो फिल्म ‘बागी’का लागि केरलाको मार्शल आर्ट कलारीपयट्टू, आधुनिक कुंग–फू, क्राव मागा र सिलाट जस्ता विभिन्न फार्म सिकेका थिए ।

फिल्म ‘चाँदनी चोक टू चाइना’को तयारी र सुटिङका समयमा अभिनेत्री दीपिका पादुकोणले मार्शल आर्ट सिक्नु परेको थियो । उनले फिल्ममा आफ्नो कौशल निकै मेहनतका साथ देखाएकी थिइन् । दीपिकाले फिल्मका लागि एक जापानी फार्म सिकेका थिए । जसलाई जिउ–जित्सु वा जू–जित्सूको नामले चिनिन्छ ।

बलिउडको फिट अभिनेत्रीमा परिचित शिल्पा शेट्टी कराँतेमा ब्ल्याक बेल्ट हुन् । सानो उमेरमै शिल्पाले मार्शल आर्टको तालिम लिएकी थिइन् । यसबाहेक उनलाई योग पनि आउछ । उनी समय–समयमा आफ्नो सामाजिक सञ्जाल हेण्डलमा प्रेरक भिडियो शेयर गरिरहन्छिन् ।

फिल्म ‘कमाण्डो’ अभिनेता विद्युत जामवाल मार्शल आर्ट ट्रेनिङका कारण आफ्नो स्टण्ट र एक्सन दृश्यलाई सही तरिकाले प्रस्तुत गर्न सक्ने अभिनेताका रुपमा चिनिन्छन् । उनले केरलाको मार्शल आर्ट फर्म कलारीपयट्टूमा विशेष रुपले तालिम लिएका छन् ।

ग्लोबल आइकन प्रियंका चोपडाले आफ्नो फिल्म ‘द्रोण’का लागि मार्शल आर्टको तालिम लिएकी थिइन् । यो फिल्मपछि उनी कराँते, जू–जित्सु र गतकाको समर्थक भइन् । गतकाको विज्ञ उनलाई तालिम दिनकै लागि मुम्बई आएका थिए । उनले फिल्म ‘मेरी कोम’मा अभिनयका लागि विशेष तालिम लिएकी थिइन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ५ : ५९ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान