मार्शल आर्टमा अब्बल यी कलाकार | Khabarhub Khabarhub

मार्शल आर्टमा अब्बल यी कलाकार


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– एक कलाकारका लागि स्वस्थ शरीर, स्वस्थ्यकर खाना र दिमाग स्वस्थ रहन आवश्यक छ । यो कुरामा बलिउड कलाकार जानकार छन् । यीमध्ये केही कलाकारहरु आफ्नो शरीर बनाउनका लागि जिमको प्रयोग गर्छन् । बाँकी अन्य कलाकार राम्रो स्वास्थ्यका लागि मार्शल आर्टलाई आफ्नो नियमित तालिकामा राखेका छन् ।

बलिउडमा सबैभन्दा फिट कलाकारमध्ये अभिनेता अक्षय कुमारले थाइल्याण्डको एक मार्शल आर्ट फर्म मय थाई सिकेका छन् । उनी बलिउडमा आउनुअघि नै यो फर्म सिकेका थिए । अहिले उनी स्वस्थ शरीर र जीवनशैली बनाउनका लागि मार्शल आर्टलाई आफ्नो दैनिकी बनाइरहेका छन् ।

बलिउडका ‘हेण्डसम हंक’का रुपमा परिचित टाइगर श्राफ १४ वर्षको उमेरदेखि नै मार्शल आर्टको अभ्यास गरिरहेका छन् । उनी तेक्वान्दोको ब्ल्याक बेल्ट हुन् र उनी प्रायः इन्सपिरेसनल भिडियो शेयर गरिरहन्छन् । उनी एमएमएको तालिमको फोटो पनि शेयर गरिरहन्छन् ।

यसबाहेक उनलाई जिम्न्याष्टिक र उसु पनि आउछ । उनले आफ्नो फिल्म ‘बागी’का लागि केरलाको मार्शल आर्ट कलारीपयट्टू, आधुनिक कुंग–फू, क्राव मागा र सिलाट जस्ता विभिन्न फार्म सिकेका थिए ।

फिल्म ‘चाँदनी चोक टू चाइना’को तयारी र सुटिङका समयमा अभिनेत्री दीपिका पादुकोणले मार्शल आर्ट सिक्नु परेको थियो । उनले फिल्ममा आफ्नो कौशल निकै मेहनतका साथ देखाएकी थिइन् । दीपिकाले फिल्मका लागि एक जापानी फार्म सिकेका थिए । जसलाई जिउ–जित्सु वा जू–जित्सूको नामले चिनिन्छ ।

बलिउडको फिट अभिनेत्रीमा परिचित शिल्पा शेट्टी कराँतेमा ब्ल्याक बेल्ट हुन् । सानो उमेरमै शिल्पाले मार्शल आर्टको तालिम लिएकी थिइन् । यसबाहेक उनलाई योग पनि आउछ । उनी समय–समयमा आफ्नो सामाजिक सञ्जाल हेण्डलमा प्रेरक भिडियो शेयर गरिरहन्छिन् ।

फिल्म ‘कमाण्डो’ अभिनेता विद्युत जामवाल मार्शल आर्ट ट्रेनिङका कारण आफ्नो स्टण्ट र एक्सन दृश्यलाई सही तरिकाले प्रस्तुत गर्न सक्ने अभिनेताका रुपमा चिनिन्छन् । उनले केरलाको मार्शल आर्ट फर्म कलारीपयट्टूमा विशेष रुपले तालिम लिएका छन् ।

ग्लोबल आइकन प्रियंका चोपडाले आफ्नो फिल्म ‘द्रोण’का लागि मार्शल आर्टको तालिम लिएकी थिइन् । यो फिल्मपछि उनी कराँते, जू–जित्सु र गतकाको समर्थक भइन् । गतकाको विज्ञ उनलाई तालिम दिनकै लागि मुम्बई आएका थिए । उनले फिल्म ‘मेरी कोम’मा अभिनयका लागि विशेष तालिम लिएकी थिइन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ५ : ५९ बजे

दलभन्दा देशमाथि छ भन्ने कुरालाई आत्मसाथ गरौँ  : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै नरहे

सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी

सुर्खेत– सुर्खेतस्थित मालपोत कार्यालयमा आगलागी भएको छ। वीरेन्द्रनगर(७, स्थित मालपोत

अन्नपूर्ण आधार शिविरमा म्याग्दीका जनप्रतिनिधि र सुरक्षा अधिकारीको समन्वय बैठक

म्याग्दी– समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा अवस्थित

मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री

सर्लाही– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र

भारत विदेशीलाई घृणा गर्ने मुलुक होइन : विदेशमन्त्री जयशंकर

नयाँदिल्ली– भारतका विदेशमन्त्री एस. जयशंरले भारत विदेशीलाई घृणा गर्ने मुलुक