काठमाडौँ– भारतका विदेश सचिव विक्रम मिश्री दुई दिने भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा मिश्री आज बिहान नेपाल आएका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिश्रीबीच द्विपक्षीय छलफल हुनेछ ।
नेपाल बसाइका क्रममा विदेश सचिव मिश्रीले नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाटसमेत गर्नेछन् ।









तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी














प्रतिक्रिया