राजनीति

प्रचण्ड ‘रिफ्रेस’ हुन सिन्धुपाल्चोकको सुकुटे पुगे

By खबरहब

October 21, 2021

काठमाडौँ– राजनीतिक तनाबमा परेपछि ‘रिफ्रेस’ हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । प्रचण्ड बिहीबार श्रीमती सिता दाहालसहित सुकुटे पुगेका हुन् ।

प्रचण्डसँगै माओवादी केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सापकोटा र माधव सापकोटा सुवोध तथा वाईसीएल पूर्व अध्यक्ष दीपशिखासमेत छन्।

प्रचण्डसहितको टोली भोटेकोशी बी रिजर्टमा बसेको छ । प्रचण्डले भोटेकोशीमा र्‍याफ्टिङसमेत गरेका थिए । उनी रिफ्रेस हुन पटक पटक सुकुटे जाने गरेका छन् ।