विपद्का बेला राजनीतिभन्दा माथि उठेर काम गर्न प्रधानमन्त्रीको आग्रह | Khabarhub Khabarhub

विपद्का बेला राजनीतिभन्दा माथि उठेर काम गर्न प्रधानमन्त्रीको आग्रह


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– प्रधानमन्त्री शेरबहादुर देउवाले प्राकृतिक विपत्तिका बेला राजनीतिभन्दा माथि उठेर पीडित जनताको उद्धार र राहतको काममा लाग्न नेपाली कांग्रेसका कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बिहीबार साँझ धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापतिसमेत रहेएका देउवाले प्रदेशमा बाढीपहिरो र डुबान तथा नदी कटानको अवस्था गम्भीर देखिँदा आफू दुःखित भएकोे बताए।

बाढी डुबान पहिरोबाट सुदूरपश्चिमका अलावा देशका पूर्वी भेगका जनतासमेत पीडित बनेको उल्लेख गर्दै उनले भने, “बाढीपहिराबाट पीडितलाई राहत प्याकेज उपलब्ध गराउन मन्त्रिपरिषद्ले निर्णय गरेको छ, काठमाडौँ पुगेपछि उपलब्ध गराइने राहतका बारेमा थप छलफल गरिने छ ।”

प्रधानमन्त्री देउवाले प्राकृतिक प्रकोपबाट प्रभावित जनताले भोगेको दुःख मनन् गरेर सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अहिले पनि कोरोनाका जोखिम नहटिसकाले यो रोगको रोकथाममा सचेत हुनुपर्ने उल्लेख गर्दै उनले भने, “नेपालले कोरोनाविरुद्धको खोप लगाउने काममा पाएको सफलताप्रति विश्व स्वास्थ्य सङ्गठनले सरकारको प्रशंसा गरेको छ ।”

उनले जनतालाई कोरोनाविरुद्धको थप खोपको व्यवस्थापन भइरहेको पनि बताए । प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले विपत्तिको बेला जनतालाई व्यवस्थित र सही ढङ्गले राहत उपलब्ध गराउनुपर्ने बताए ।

उनले कर्णाली नदीमा आएको बाढीको वितण्डाले तटबन्धन भत्काइ टीकापुर नगरपालिका र जानकी गाउँपालिका क्षेत्र नराम्रोसँग प्रभावित भएको भन्दै गम्भीर हुन आग्रह गरेका थिए । कार्यक्रमका वक्ताले वर्षापछि कैलालीमा भएको डुबान तथा कटानको विकराल समस्याले किसानको हजारौँ विगहामा लगाइएको धानबाली नष्ट भएको भन्दै पीडित किसानलाई नेपाल सरकारले उचित राहतको व्यवस्था गर्नुपर्ने माग गरेका थिए ।

प्रधानमन्त्री देउवा वर्षासँगै उत्पन्न बाढीपहिरो, डुबान, नदी कटानबाट डोटी , बझाङ, बैतडी, डडेलधुरा र कञ्चपुरमा भएको क्षतिको निरीक्षण अवलोकन गरी साँझ धनगढी पुगेका हुन् । प्रधानमन्त्री नेतृत्वको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, पूर्वमन्त्री एनपी साउद, रमेश लेखक, वीरबहादुर बलायरलगायत सहभागी छन् । रासस

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  १० : ०५ बजे

धरान उपमहानगरको बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्यो

धरान – लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक

निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका पर्यटकबाट ३० करोड राजश्व

गण्डकी – पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा

भारतका प्रधान न्यायाधीश गवई भेटघाटमा व्यस्त, न्यायिक सहकार्यमा जोड

काठमाडाैं – भारतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवई नेपाल भ्रमणमा

एमालेमा विद्यालाई रोक्न नहुने मत बलियो, समूह छलफलमा प्रदेश अध्यक्ष समेतले गरे नेतृत्वको आलोचना

काठमाडाैं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनअन्तर्गत प्रस्तुत विभिन्न प्रतिवेदनहरूमा

इन्द्रजात्राको महाकाली नाचमा सहभागी कलाकारहरू (तस्बिरहरू)

काठमाडौं – इन्द्रजात्रामा महाकाली नाचको प्रस्तुतिमा सहभागी कलाकारहरूले इन्द्रजात्राको क्रममा