सडकमा खसेको पहिरो हटाएपछि खुल्यो यातायात « Khabarhub

सडकमा खसेको पहिरो हटाएपछि खुल्यो यातायात


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङ–काठमाडौँ आउजाउ गर्ने राजमार्गका विभिन्न खण्डमा खसेको पहिरो हटाएपछि यातायात सेवा सुरु भएको छ ।

३१ असोजदेखि २ कात्तिकसम्म परेको वर्षाका कारण राजमार्गका विभिन्न खण्डमा खसेको पहिरो हटाएपछि दिक्तेल–काठमाडौँ यातायात निर्वाध सञ्चालन भएको हो । पहिरो पन्छाइएपछि काठमाडौँबाट ओखलढुंगा र सोलुखुम्बु आवतजावत गर्ने सवारी साधनसमेत निर्वाध गुड्न थालेका छन् । सडकमा थुप्रिएको पहिरो पन्छाएर सवारीसाधन वारपार गर्ने वातावरण बनाइए पनि सडकलाई पूर्णरुपमा ‘क्लियर’ गर्न बाँकी रहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।

वर्षाका कारण खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा, सिन्धुलीको नागथान, कालीआँप, हैवारलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो । खुर्कोट नजिक पर्ने हैवारमा विशाल पहिरो खस्दा २–३ कात्तिकको साँझसम्म यात्रु तथा मालबाहक सवारी साधन रोकिँदा हजारौं यात्रु सडकमै अलपत्र परेका थिए । हैवारमा पहिरो खस्दा खोटाङसहित ओखलढुंगा र सोलुखुम्बुका यात्रु थुनिएका थिए । हैवारमा पटक–पटक पहिरो खस्ने गरेको छ ।

हैवारमा गएको पहिरोले दुई दिनसम्म बाटो थुनेपछि कतिपय यात्रु तथा मालबाहक सवारी साधन सिन्धुली–उदयपुरको कटारी–घुर्मी हुँदै ओहोर–दोहोर गरेका थिए । घुमाउरो बाटो प्रयोग गर्दा कम्तिमा १२० किलोमिटर घुम्नु परेको यातायात व्यवसायीले बताएका छन् । कदुवामा ३ कात्तिकमा पन्छाइएको पहिरो पुनः खसेपछि ४ कात्तिक विहान पन्छाएर सडक सूचारु गराइएको हो ।

साँघुरो सडक भएको तथा छोटो दुरीमा घुम्ती भएका कारण वर्षा याममा बढिमात्रामा सडकमा पहिरो खस्ने गरेको महासचिव हिङमाङले बताए । ‘पहिरो खसेको ठाउँमा ट्रयाक खोलियो तर अझै पनि जोखिम छ । सडक पूर्णरुपमा क्लियर गरिएको छैन,’ महासचिव हिङमाङले भने, ‘सडक चौडा नहुनु र नजिक–नजिक टर्निङ भएका कारण पहिरोले बढि क्षति पुर्‍याएको हो । छोटो टर्निङमा माथिबाट पहिरो खस्दा तल्लो टर्निङ पनि बिगारेको देखिन्छ ।’ न्यूज कारखाना

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  १० : २२ बजे

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेसवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी

पशु चौपायमा कृत्रिम गर्भाधान 

चितवन– जिल्लाका ७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान गराइएको छ

कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी

चितवन– कालिका नगरपालिकाले भूमि व्यवस्थापन सेवा सुरुआत गरेको छ ।