तनहुँका ८५ वडामा माओवादीको नयाँ नेतृत्व « Khabarhub

तनहुँका ८५ वडामा माओवादीको नयाँ नेतृत्व


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – नेकपा (माओवादी केन्द्र) तनहुँले जिल्लाका ८५ वटै वडामा अधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गरेको छ । शनिबार देशभर एकसाथ वडा अधिवेशन गरेको माओवादी केन्द्रले तनहुँका दश स्थानीय तहका ८५ वटै वडामा नयाँ नेतृत्व चयन गरेको हो ।

बन्दिपुर गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा अमृत शाही, वडा नम्बर २ को अध्यक्षमा सुशील कुंवर, वडा नम्बर ३ को अध्यक्षमा श्याम नेपाली, वडा नम्बर ४ को अध्यक्षमा महावीर आले, वडा नम्बर ५ को अध्यक्षमा छविलाल घिमिरे र वडा नम्बर ६ को अध्यक्षमा ज्ञानेन्द्र गुरुङ चयन भएका छन् । सबै वडामा २९ सदस्यीय कमिटी चयन गरिएको छ ।

त्यसैगरी शुक्लागण्डकी नगर कमिटीका १२ वटै वडामा नयाँ नेतृत्व चयन भएको शुक्लागण्डकी नगर कमिटी सचिव मनराज गुरुङले जानकारी दिए। वडा नम्बर १ को अध्यक्षमा धर्म नेपाली, वडा नम्बर २ को अध्यक्षमा शङ्कर पन्त, ३ को अध्यक्षमा दीपक सापकोटा, ४ को अध्यक्षमा ओमकुमार श्रेष्ठ, ५ को अध्यक्षमा मित्रबन्धु पौडेल, ६ को अध्यक्षमा पदमराज बराल, ७ को अध्यक्षमा मोतीराज गुरुङ, ८ को अध्यक्षमा चिरञ्जीवि सिग्देल, ९ को अध्यक्षमा पोसबहादुर विक, १० को अध्यक्षमा राजेन्द्र क्षेत्री भट्टराई, ११ को अध्यक्षमा नारायण सिग्देल र १२ को अध्यक्षमा पूर्णप्रसाद गुरुङ चयन भए ।

घिरिङ गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा गोविन्द सुनार, वडा नम्बर २ को अध्यक्षमा नहलसिं विक, वडा नम्बर ३ को अध्यक्षमा कृष्णराज राना, वडा नम्बर ४ को अध्यक्षमा जनक राना, वडा नम्बर ५ को अध्यक्षमा बमबहादुर विक चयन हुनुभएको माओवादी गण्डकी प्रदेश कमिटी सदस्य मदन आलेले बताए।

त्यस्तै आँबुखैरनी गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा विष्णु अधिकारी, वडा नम्बर २ को अध्यक्षमा बासुदेव थापा, वडा नम्बर ३ को अध्यक्षमा विमलबाबु राना, वडा नम्बर ४ को अध्यक्षमा नेत्र मगर चयन भए ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ६ : १५ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,