नेपाल प्रहरीका १३ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस « Khabarhub

नेपाल प्रहरीका १३ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रहरीका १३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) बढुवाका लागि सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालय बढुवा समिति सचिवालयले शनिबार राति १३ जना इन्सपेक्टरलाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा समितिका सदस्य सचिव एआईजी विश्वराज पोखरेलकाअनुसार एक नम्बरमा अनिशकुमार कर्ण (साइबर ब्यूरो) सिफारिस भएका छन् । यस्तै जेसी साह (केन्द्रीय विपद् व्यवस्थापन), विजय यादव (जिप्रका धनुषा), केशवकुमार शाह (विशेष ब्यूरो), मनोजकुमार शाही (ट्राफिक तनहुँ), लोकबहादुर गुरुङ (ललितपुर परिसर), नवीनकुमार अधिकारी (सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय) रहेका छन् ।

त्यसैगरी श्यामबहादुर साउद (सुप प्रदेश प्रहरी कार्यालय), ऐनबहादुर मल्ल ठकुरी (अपराध अनुसन्धान विभाग), राजकुमार शाही (बालाजु वृत्त), राजेश कार्की (सशस्त्र प्रहरी गुल्म, काभ्रे), परशुराम मल्ल (आन्तरिक लेखा परीक्षक उपशाखा), भरतबहादुर शाह (प्रहरी प्रशिक्षण प्रतिष्ठान) रहेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ७ : १० बजे

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको