नेपाल प्रहरीका २२ एसपीको सरुवा, कसलाई कहाँको जिम्मेवारी ? « Khabarhub

नेपाल प्रहरीका २२ एसपीको सरुवा, कसलाई कहाँको जिम्मेवारी ?


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले केही जिल्ला प्रहरी प्रमुखसहित २२ जनाको सरुवा गरेका हुन् ।

प्रहरी प्रधान कार्यालय मानवश्रोत विभागले शनिबार राति सार्वजनिक गरेको सरुवा सूचीमा अनुराग कुमार  द्विवेदी मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट सुप प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय सरुवा भएका छन् ।

अविनारायण काफ्ले अख्तियार केन्द्रीय कार्यालय टंगालबाट जिल्ला प्रहरी कार्यालय सप्तरी सरुवा भएका छन् । कृष्ण प्रसाई जिल्ला प्रहरी कार्यालय सर्लाही, दिनेशराज मैनाली महानगरीय प्रहरी परिसर काठमाडौं, बसन्त रौजरे जिल्ला प्रहरी कार्यालय धनुषा, रमेशकुमार बस्नेत पर्सा, राकेश सिंह जिल्ला प्रहरी कार्यालय धनुषा, राजेन्द्रबाबु रेग्मी जिल्ला प्रहरी कार्यालय तनहुँ, रामप्रकाश शाह जिल्ला प्रहरी कार्यालय नुवाकोट सरुवा भएका छन् ।

सुरेन्द्रबहादुर गुरुङ्ग मकवानपुर, सोमेन्द्रसिंह राठोर यूएन जगेडा, होबिन्द्र बोगटी कानून शाखा नक्साल सरुवा भएका छन् ।

हेर्नुहोस् सूचीसहित

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ७ : ३० बजे

पर्यटक भिसामा आएर स्वास्थ्य शिविर चलाउने १० विदेशीको राहदानी अध्यागमनमा पठाइयो

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई