नेपाल प्रहरीका २२ एसपीको सरुवा, कसलाई कहाँको जिम्मेवारी ? « Khabarhub

नेपाल प्रहरीका २२ एसपीको सरुवा, कसलाई कहाँको जिम्मेवारी ?


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले केही जिल्ला प्रहरी प्रमुखसहित २२ जनाको सरुवा गरेका हुन् ।

प्रहरी प्रधान कार्यालय मानवश्रोत विभागले शनिबार राति सार्वजनिक गरेको सरुवा सूचीमा अनुराग कुमार  द्विवेदी मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट सुप प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय सरुवा भएका छन् ।

अविनारायण काफ्ले अख्तियार केन्द्रीय कार्यालय टंगालबाट जिल्ला प्रहरी कार्यालय सप्तरी सरुवा भएका छन् । कृष्ण प्रसाई जिल्ला प्रहरी कार्यालय सर्लाही, दिनेशराज मैनाली महानगरीय प्रहरी परिसर काठमाडौं, बसन्त रौजरे जिल्ला प्रहरी कार्यालय धनुषा, रमेशकुमार बस्नेत पर्सा, राकेश सिंह जिल्ला प्रहरी कार्यालय धनुषा, राजेन्द्रबाबु रेग्मी जिल्ला प्रहरी कार्यालय तनहुँ, रामप्रकाश शाह जिल्ला प्रहरी कार्यालय नुवाकोट सरुवा भएका छन् ।

सुरेन्द्रबहादुर गुरुङ्ग मकवानपुर, सोमेन्द्रसिंह राठोर यूएन जगेडा, होबिन्द्र बोगटी कानून शाखा नक्साल सरुवा भएका छन् ।

हेर्नुहोस् सूचीसहित

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ७ : ३० बजे

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक