आन्ध्र प्रदेशमा बाढी : १७ जनाको मृत्यु, दर्जनौँ बेपत्ता « Khabarhub

आन्ध्र प्रदेशमा बाढी : १७ जनाको मृत्यु, दर्जनौँ बेपत्ता


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – आन्ध्र प्रदेशमा आएको अविरल वर्षापछिको बाढीबाट कम्तीमा १७ जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता भएका छन् ।

लगातारको वर्षापछि तीन तले घर भत्किदा अनन्तपुर जिल्लाको कादिरी सहरमा एक बृद्धा र तीन बालबालिकाको पुरिएर मृत्यु भएको छ । घरभित्र फसेका चार जनाको उद्धार कार्य जारी छ ।

बाढीका कारण तिरुपति सहरमा हजारौँ तीर्थयात्री फसेका छन् । तिरूपती पहाडको चुचुरोमा रहेको श्री भेनकटेस्वरा मन्दिरमा दर्शन गर्न हिँडेका सयौँ तीर्थयात्री अलपत्र परेका छन् ।

सडक बगाउँदा यात्रु बोकेर तिरुपतीतर्फ जाँदै गरेका तीन ओटा बस बाटोमै फसेका छन् । बाढीले आन्ध्र प्रदेशका धेरै स्थानको सडक बगाएको छ । बाढीबाट सबैभन्दा बढी रायलासीमा क्षेत्र प्रभावित भएको छ । त्यस्तै, बाढीका कारण चित्तोर, कादपा, कर्नुल र अनन्तपुर जिल्ला प्रभावित छन् ।

बिहीबारदेखि परेको वर्षाका कारण चेयुरु नदी बहाव बढेको छ । बाढी प्रभावितको उद्धारका लागि राष्ट्रिय र राज्य विपद् समूह परिचालन गरिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ७ : ५७ बजे

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक