युरोपमा बढ्यो कोरोना, अन्तिम अस्त्र लकडाउन  « Khabarhub

युरोपमा बढ्यो कोरोना, अन्तिम अस्त्र लकडाउन 


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युरोपेली देशहरूमा फेरि कोभिड संक्रमणमा तीव्र वृद्धि भएको छ ।

बेलायत, इटाली, जर्मनी, नेदरल्यान्ड्स, अस्ट्रियालगायतका युरोपेली देशहरुमा कोभिड संक्रमण फेरि बढेको हो । कोभिड बढेसँगै ती देशहरुमा पुनः लकडाउनदेखि नियन्त्रणका अन्य प्रतिबन्धात्मक कदमहरु चालिएका छन् ।

पछिल्लो साता जर्मनीमा कोभिड संक्रमण तीव्र बढेको छ । जर्मनीमा बिहीबार ६५ हजार नयाँ संक्रमित भेटिएका थिए । यो संक्रमण दर  महामारी सुरु भए यताकै सबैभन्दा ठुलो हो । पछिल्लो संक्रमणलाई त्यहाँका स्वास्थ्यमन्त्री वाई स्पानले ‘राष्ट्रिय आपतकाल’ भनेका छन् ।

कोभिड संक्रमण बढेपछि अस्ट्रियाले अन्तिम अस्त्रस्वरुप देशव्यापी लकडाउन  घोषणा गरेको छ । यो लकडाउन तीन सातासम्म रहने सरकारले जनाएको छ । अस्ट्रियाका स्वास्थ्यमन्त्रीले लकडाउनलाई अन्तिम अस्त्र भनेका छन् ।

त्यस्तै, सरकारले सन् २०२२ देखि कोभिड खोपलाई अनिवार्य गर्ने कानुनी व्यवस्था ल्याएको छ । अस्ट्रियाको ठुलो जनसंख्याले अझै खोप नलगाएकोले सरकारले कानुनी व्यवस्था ल्याएको हो ।

अस्ट्रियामा अहिले औसतमा दैनिक १ हजार संक्रमित भेटिएका छन् । त्यस्तै, बेलायत र नेदरल्याड्समा पनि संक्रमण नियन्त्रण गर्ने नयाँ कदम चालिएका छन् । खोप नलगाउनेलाई भिड हुने क्षेत्रमा प्रतिबन्ध लगाएपछि शनिबार नेदरल्यान्ड्समा खोपविरोधी प्रदर्शन भएका थिए । प्रदर्शनमा गोली चलाउँदा तीन जना घाइते भएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ८ : १४ बजे

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार

भोजपुर– हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको