लोकतन्त्र पार्टी र स्वतन्त्र नागरिकहरूले सर्वोच्च अदालत घेराउ गर्दै | Khabarhub Khabarhub

लोकतन्त्र पार्टी र स्वतन्त्र नागरिकहरूले सर्वोच्च अदालत घेराउ गर्दै


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा भइरहेको आन्दोलन र न्यायाधीशहरुको बेन्च बहिष्कारविरुद्ध सर्वोच्च अदालत घेराउ गरिने भएको छ ।

उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र नागरिकहरूले आइतबार आज बिहान ११  : ३० बजे माइतीघर मण्डलामा भेला हुँदै अदालत घेराउ गर्ने भएका हुन् ।

बार एसोसिएसन र सर्वोच्च अदालतमा भएको बेन्च बहिस्कार तथा बेथितिविरुद्ध माइतीघर मण्डलामा भेला भई सर्वोच्च अदालत घेराउ गर्ने उन्नत लोकतन्त्र पार्टीले जनाएको छ ।

यता प्रधानन्यायाधीशबाट विकृति, विसङ्गति, भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेकोले राजीनामा मागेर महिना दिनदेखि सुरु भएको बार एसोसिएसनको आन्दोलन पनि जारी छ ।

प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतको इजलासमा नबस्न जोडदार माग गर्दै कालो पट्टी बाँधी विरोध तथा धर्ना कार्यक्रम बिहान १० बजेदेखि सुरु हुनेछ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ९ : १५ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको