प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, एकीकृत समाजवादीका दुई मन्त्रीको शपथ (भिडियोसहित) « Khabarhub

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, एकीकृत समाजवादीका दुई मन्त्रीको शपथ (भिडियोसहित)


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – दुई मन्त्रीसहित नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागी भएको छ ।

आइतबार बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा नेकपा (एस)का संसदीय दलका नेता सत्रुधन महतो र सांसद प्रमोद यादवलाई मन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

महतोलाई उद्योग पर्यटन वन र यादवलाई कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री राउत, प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहसहितको सहभागिता थियो ।

योसँगै संघीय सरकारको जस्तै प्रदेश २ सरकार पनि जनता समाजवादी पार्टी, कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा (एस)को गठबन्धन सरकार भएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ११ : ०२ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७