यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियामा हमला गरेको दाबी « Khabarhub

यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियामा हमला गरेको दाबी


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यमनका हुथी विद्रोहीहरुले अहिलेको यमनको साउदी अरेबिया नेतृत्वको सत्ता गठबन्धनका विरुद्धमा कारबाही गरेको जनाएको छ ।

हुथी विद्रोहीहरुले साउदी अरेबियामा हमला गरेको बताए । साउदी सरकारकाविरुद्धमा शनिबार व्यापक आक्रमण गरेको उनीहरुको दाबी छ । ती विद्रोहीहरुले दिएको जानकारीअनुसार उनीहरुले साउदी अरेबियाका विभिन्न विमानस्थलमा पनि ड्रोनबाट बम हमला गरेका छन् ।

उनीहरुले ड्रोनबाट आक्रमण गरेको र यसरी गरिएका आक्रमणहरुमा विभिन्न क्षेत्रका विमानस्थलहरु पनि रहेको बताएका छन् । हुथीहरुले साउदी राजाको रियादस्थित दरबारलाई पनि लक्ष्य गरेर हमला गरेको जनाएका थिए । उनीहरुले साउदी अरेबिया नेतृत्वको सरकारको विरोध गर्दै आएकाले साउदी राजाका विरुद्धमा पनि हमला गर्ने जनाएका छन् ।

शनिबारको हमला पनि यसैका विरुद्धमा भएको उनीहरुले बताएका छन् । उनीहरुले विगत लामो समयदेखि साउदी नेतृत्वको गठबन्धन सेनाले यमन छोड्नुपर्ने बताउँदै आएको छन् ।

शनिबार भएको सो हमलामा के कति क्षति भयो भन्ने बारेमा भने केही बताइएको छैन । इरानको सहयोगमा रहेका यी हुथी विद्रोहीहरुले गरेको सो हमलाको साउदी अरेबियाको सरकारले भने पुष्टि गरेको छैन । तर हुथीहरुको  टेलिभिजन अल मारिसाहले भने सो आक्रमण गरिएको बताएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  १ : २० बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको