सिरहामा ब्राउन सुगरसहित दुई युवक पक्राउ | Khabarhub Khabarhub

सिरहामा ब्राउन सुगरसहित दुई युवक पक्राउ


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहा प्रहरीले ४ ग्रामभन्दा बढी प्रतिबन्धित लागु पदार्थ ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी गस्ती टोलीले नरहा गापा-३ करेसाबारीबाट लागुपदार्थ ब्राउन सुगरसहित नरहा गापा- ३ बस्ने २१ वर्षीय इन्दल यादव र सोही ठाउँ बस्ने २० वर्षीय कपिल महरालाई पक्राउ गरेको हो ।

प्रहरीले गोप्य सूचनाको आधारमा करेसाबारीमा लागू औषध प्याकिङ गर्ने क्रममा दुबै जनाको साथबाट ब्राउन सुगर ४ ग्राम ५५० मिलिग्रामसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलबजार प्रमुख (इन्सपेक्टर) सन्तोष कुमार राइले बताए ।

ब्राउन सुगरसहित पक्राउ गरेका दुबै जनालाई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुभाष बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ४ : ०५ बजे

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार