ओलीले महाधिवेशन प्रतिनिधिहरुलाई रात्रि भोज दिने « Khabarhub

ओलीले महाधिवेशन प्रतिनिधिहरुलाई रात्रि भोज दिने


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १०औं महाधिवेशनका प्रतिनिधिहरुलाई रात्रि भोज दिने भएका छन् । यही मंसिर ११ गते उनले चितवनको सौराहस्थित एक होटलमा रात्रि भोज दिनेछन् । एमालेको महाधिवेशन १० गते चितवनमा उद्घाटन हुनेछ । बन्द सत्र भने सौराहास्थित सेभेनस्टार होटलमा हुनेछ ।

अध्यक्ष ओलीले देशभरबाट आएका १९ बढी महाधिवेशन प्रतिनिधिलाई रात्रि भोज दिने र आफ्नो नेतृत्वबारे प्रष्टीकरण दिने कार्यक्रम तय भएको ओली निकट स्रोतले जनाएको छ । एमाले विभाजनपछि पहिलो पटक महाधिवेशन हुन लागेको छ ।

ओली पुनः अध्यक्षमा निर्विरोध दोहोरिने चर्चाका बीच आइतबारमात्र उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छ । रावलको घोषणासँगै अब अध्यक्षमा चुनाव हुने लगभग पक्का देखिएको छ । १५ सदस्यीय पदाधिकारी पनि सर्वसम्मतको कसरत भइरहेको छ ।

तर, आकांक्षी धेरै भएकाले चुनाव हुने सम्भावना पनि बढ्दै गएको नेताहरुले बताएका छन् । हालका पदाधिकारीले पनि फेरि पदाधिकारीमै दाबी गरिरहेका छन् भने हाल पदाधिकारी नरहेका नेताहरुले पनि पदाधिकारीमा दाबी गरेका छन् । उनीहरुले पदाधिकारीमा दाबी गरे पनि उम्मेदवारी दिने विषयमा भने कसैले पनि मुख खोलेका छैनन् ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ७ : ०२ बजे

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको