राष्ट्र बैंकद्वारा बहुमूल्य वस्तु आयातमा कडाइ « Khabarhub

राष्ट्र बैंकद्वारा बहुमूल्य वस्तु आयातमा कडाइ


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सवारीसाधनलगायतका विलासी सामानका साथै सुनचाँदी जस्ता बहुमूल्य वस्तु आयातलाई कडाइ गरेको छ ।

सोमबार बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै राष्ट्र बैंकले आयात निरुत्साहित हुने व्यवस्था गरेको हो । निर्देशनमा चिनी/चकलेट, ल्वाङ, मिनरल वाटर, मदिरा/भिनागर, चुरोट/सुर्तिजन्य वस्तु, कस्मेटिक सामान, काठका सामानहरू, जुत्ता चप्पल, छाता र लठ्ठि, मार्वल, सिमेन्ट, प्लास्टर र सेरामिक वस्तु तथा सुनचाँदीलगायतका वहुमूल्य सामान आयात निरुत्साहित गर्न खोजिएको छ ।

निर्देशन अनुसार यी सामानहरु आयात गर्नका लागि आयातकर्ताले प्रतितपत्र खोल्दा नै शतप्रतिशत मार्जिन रकम बैंकमा जम्मा गनुपर्ने व्यवस्था गरिएको छ ।

यसैगरी विद्युतिय बाहेकका गाडी र मोटरसाईकल आयातको लागि समेत ५० प्रतिशत नगद मार्जिन राख्न निर्देशन गरेको छ । उक्त मार्जिन रकमका लागि बैंकहरुले ऋण दिन नपाउने र मार्जिन वापत जम्मा भएको रकममा व्याज समेत दिन नपाइने राष्ट्र बैंकको निर्देशनमा व्यवस्था छ ।

उच्च व्यापारघाटा र रेमिट्यान्स घट्दा वैदेशिक मुद्रा संचितिमा समेत दवाव बढ्दै गएपछि राष्ट्र बैंकले आयातमा कडाइ गरेको हो । यसअघि पनि राष्ट्र बैंकले चादी आयात कडाइ गर्न सिमा तोकेको थियो ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ७ : १६ बजे

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं