कार्यव्यवस्था परामर्श समितिको बैठक शुरू, एमाले पनि सहभागी « Khabarhub

कार्यव्यवस्था परामर्श समितिको बैठक शुरू, एमाले पनि सहभागी


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक शुरू भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले डाकेको बैठकमा एमाले पनि सहभागी भएको छ ।  नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा १२ बजेदेखि जारी बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक विशाल भट्टराई, कृष्णभक्त पोखरेल र लालबहादुर थापा सहभागी छन् ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी भए पनि विगतमा झैँ संसद अवरूद्ध भने कायमै रहने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल एमालेको निरन्तरको अवरोधका कारण संसद्को कामकारबाही प्रभावित हुँदै आएको छ । एमालेले आफूले कारबाही गरेका १४ सांसद पदमुक्त भएको सूचना टाँस नभएसम्म बैठक अवरुद्ध पार्ने बताउँदै आएको छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १२ : ०७ बजे

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै