विद्यालयमै  १६ हजारभन्दा बढीलाई लगाइयो कोरोना विरुद्धको खोप « Khabarhub

विद्यालयमै  १६ हजारभन्दा बढीलाई लगाइयो कोरोना विरुद्धको खोप


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कोरोना महामारीबाट किशोर किशोरीलाई जोगाउनका लागि कञ्चनपुरका सबै विद्यालयमै खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ ।

खोप कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मीले विद्यालयमै पुगेर १२ वर्ष देखि १७ वर्ष (२०६१ साल मङ्सिर देखि २०६६ साल मङ्सिरमा जन्मेका) उमेर समूहका किशोर किशोरीलाई कोरोना विरुद्धको मोर्डना खोप लगाउन थालिएको हो ।

खोप लगाउन थालिएको दुई दिनको अबधिमै १६ हजारभन्दा बढीलाई खोपको पहिलो मात्रा लगाइएको स्वास्थ्य कार्यालयका अधिकृत जनक कुवँरले बताए ।

‘किशोर किशोरीलाई मोर्डना कम्पनीको कोरोनाविरुद्धको पहिलो खोप लगाउन ६० हजार ३३३ मात्रा (डोज) उपलव्ध गराईएको छ’ उनले भने, ‘स्वास्थ्यकर्मीलाई विद्यालयमै खटाएर विद्यार्थीलाई खोप लगाउने कार्य दु्रतरुपमा अगाडी बढाएका छौँ ।’

खोप कार्यक्रमका लागि जिल्लाका नौवटै स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरी खोप उपलव्ध गराइएको छ भन्दै अधिकृत कुवँरले गत वर्ष गरिएको सर्भेक्षणमा १२ देखि १७ वर्षसम्मका किशोर किशोरीको संख्या ६५ हजार ५०० छ । तर गत वर्षको तुलनामा खोप लगाउने किशोर किशोरीको संख्यामा केही बृद्धि भएको अनुमान गरिएको जानकारी दिए ।

अपुग खोप मागका आधारमा तुरुन्तै उपलव्ध गराउने व्यवस्थासमेत गरिएको र खोप कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि अनुगमनको कार्य समेत भैरहेको उनको भनाइ छ ।

खोप लगाएकाहरूमा  हालसम्म कुनै नकारात्मक असर देखिएको छैन । विद्यालयमा अध्ययनरतबाहेक अन्यको हकमा स्वास्थ्य संस्थामा जन्मदर्ताको प्रमाणपत्र देखाई खोप लगाइने बताइएको छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १२ : ४५ बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता