कार्यव्यवस्थामा जुटेन सहमति, सदन चल्न नदिने एमाले अडान कायमै « Khabarhub

कार्यव्यवस्थामा जुटेन सहमति, सदन चल्न नदिने एमाले अडान कायमै


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  संसद बैठकका लागि कार्यव्यवस्था परामर्श समितिको बैठकमार्फत सर्वसम्मतिमा कार्यसूची तय गर्ने सभामुख अग्नि सापकोटाको प्रयास विफल भएको छ ।

सभामुख सापकोटाले डाकेको बैठकमा एमाले सहभागी भए पनि सदन चल्न नदिने अडान फेरि पनि दोहोर्‍याएको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको बैठकमा एमालेले एमालेले आफूले कारबाही गरेका १४ सांसद पदमुक्त भएको सूचना टाँस नभएसम्म बैठक अवरुद्ध कायमै राख्ने जानकारी गराएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

बैठकमा एमालेका तर्फबाट भट्टराईसँगै कृष्णभक्त पोखरेल र लालबहादुर थापा सहभागी थिए ।

प्रमुख प्रतिपक्षी दल एमालेको निरन्तरको अवरोधका कारण संसद्को कामकारबाही प्रभावित हुँदै आएको छ । एमाले बैठक अवरूद्ध कायमै राखे पनि आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले दुई वटा अध्यादेश पेस गर्ने कार्यसूची छ ।

यौनहिंसाविरुद्धका केहि ऐन संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशलाई स्वीकृतिको लागि पेस गर्न लागिएको हो । बैठक १ बजे डाकिएको छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १२ : ३८ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री