काठमाडौँ– आन्दोलनको नयाँ कार्यक्रम नआउँदासम्म सार्वोच्च परिसरमा आन्दोलन यथावत रहने नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताएका छन् ।
सर्वोच्च अदालत मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलले आन्दोलनरत कानून व्यवसायीहरूलाई सोमबार फोन गरेर अदालत परिसरमा नाराबाजी नगर्न आग्रह गरेका थिए ।
सर्वोच्च प्रशासनका तर्फबाट आफूहरूलाई नाराबाजी र माइक प्रयोग नगर्न भनिएपनि आन्दोलनको नयाँ कार्यक्रम नआएसम्म विरोधको कार्यधक्रमलाई यथावत राख्ने श्रेष्ठको भनाइ छ ।
आन्दोलन रोक्नको लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा दिनुपर्ने उनको भनाइ छ । आवश्यकता अनुसार आन्दोलनको स्वरूप परिवर्तन भएपनि आन्दोलन भने स्थगित नहुने अध्यक्ष श्रेष्ठले बताए ।
सर्वोच्च परिसरमा कात्तिक १४ देखि कानून व्यवसायीहरुले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका छन् ।
न्यायपालिका सुधार आवश्यक रहेको भन्दै सर्वोच्च १९ जना न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश र नेपाल बार एसोसिएशनले करिब दुई महीनादेखि जबराको राजीनामा माग गर्दै आएपनि प्रधानन्यायाधीश जबरा भने राजीनामा दिने पक्षमा देखिएका छैनन् ।
प्रतिक्रिया