मुम्बई हमला पाकिस्तानी आतंकवादीको योजनामा भएको टेप रेकर्डिङ फेला « Khabarhub

मुम्बई हमला पाकिस्तानी आतंकवादीको योजनामा भएको टेप रेकर्डिङ फेला


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- सन् २००८ मा पाकिस्तानी आतंककारीको योजनामा भएको पुष्टि गर्ने एक नयाँ वायर टेप रेकर्डिङ प्राप्त भएको भारतीय सुरक्षा निकायले जनाएको छ ।

उक्त टेप रेकर्डिङमार्फत आतंककारीहरूले चाबड हाउसमा आक्रमण गर्ने योजना बनाएको टेलिफोन वायरट्यापमार्फत खुलेको हो । भारतको सरकारी स्रोतका अनुसार चाबड हाउसमा ६ जना आतंककारीसमेत मारिएका थिए।

रेकर्डिङहरूले आक्रमणको केन्द्र चाबड हाउस यहूदी स्थानको रूपमा खोजिएको खुलासा गरिएको छ ।

उक्त टेपमा पाकिस्तानमा रहेको लश्कर-ए-तैयबाका सदस्यहरू र उनीहरूका नेताहरूबीच भएको कुराकानी रहेको समेटिएको भारतीय गुप्तचरले प्राप्त गरेको हो ।

जिहादीहरूले नोभेम्बर २००८ मा ६० घण्टाभन्दा बढी समय सहरमा बन्दुक र विस्फोटक पदार्थ प्रयोग गरेका थिए ।

उक्त विस्फोटमा १६६ जना मारिएका थिए भने ३०० भन्दा बढी घाइते भएका थिए । भारतको एक स्रोतले वायरट्यापहरूले कसरी आतंकवादीहरूले विभिन्‍न समुदायहरूमा आक्रमण गर्ने र विश्वको मिडियाबाट अधिकतम् ध्यान आकर्षित गर्ने योजनाको रूपमा एक यहूदी लक्ष्य र अन्य स्थानहरू छनोट गरे भन्ने विवरण खुलासा गरेको छ ।

स्रोत- दजेसी डट कम

 

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  २ : ३५ बजे

ट्राफिक स्वयंसेवक बने प्रहरी स्कुलका विद्यार्थी

चितवन– कक्षा १० को शैक्षिक गतिविधि सकिएपछि एसईई परीक्षाको तयारीमा

शेरबहादुर भन्छन् : रास्वपाले पाएको मतको ‘केमिकल जाँच’ हुनुपर्छ

काठमाडौं– नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले फागुन निर्वाचनमा पार्टीले

अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न ट्रम्पको पहल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार करिब सात देशलाई हर्मुज

वाणिज्य विभागले भन्यो : व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको

योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई