गम्भीर मानव अधिकार उल्लंघनका घटनामा आममाफी दिँदैनौँ :  मन्त्री ज्ञवाली | Khabarhub Khabarhub

गम्भीर मानव अधिकार उल्लंघनका घटनामा आममाफी दिँदैनौँ :  मन्त्री ज्ञवाली


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालले मानव अधिकारको गम्भीर उल्लंघनमा आममाफी निदने प्रतिवद्धता जनाएको छ ।

संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषद्को यूपीआर कार्यसमूहको बैठकमा सहभागिता जनाउँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालबारे प्रतिवेदन पेस गर्दै गम्भीर मानव अधिकार उल्लंघनका घटनामा कसैलाई पनि आममाफी नहुँने प्रष्ट पारेका हुन् ।

‘नेपालको शान्ति प्रक्रिया बृहत् शान्ति सम्झौता, सर्वोच्च अदालतको निर्देशनहरू, सान्दर्भिक अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू, पीडितको पीडा र वास्तविक यथार्थबाट निर्देशित छ,’ मन्त्री ज्ञवालीले भने, ‘मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आम उन्मुक्ति (जनरल एम्नेस्टी) दिइने छैन भन्नेमा सरकार कटिबद्ध छ ।’

यूपीआरमा सो सेसनमा नेपालको राष्ट्रिय प्रतिवेदन पेस गर्दै ज्ञवालीले नेपालमा मानवअधिकारको प्रवर्द्धन र संरक्षणमा गरिएको पहलकदमीबारे जानकारी गराएका छन् ।

मानवअधिकार परिषद् र महिलाविरुद्धका विभेद अन्त्य गर्नेसम्बन्धी समितिमा नेपाललाई दोस्रो कार्यकालका लागि निर्वाचित गर्न सहयोग गर्ने सदस्य राष्ट्रहरुलाई उनले धन्यवाद पनि ज्ञापन गरेका छन् ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ६ : ०२ बजे

पहिल्यै सोधिएको थियो– ‘फेरि रेशम फिलिली‘ले भुइँचालो त ल्याउँदैन ?

काठमाडौं – गत माघमा ‘फेरि रेशम फिलिली’को गीत ‘फेरि जालमा’

नेपाल इकोनोमिक्स ओलम्पियाडको छैटौँ संस्करण सुरू 

काठमाडौं– नेपाल इकोनोमिक्स ओलम्पियाडको छैटौँ संस्करण आजबाट सुरु भएको छ

एनआरएनएको विवाद मिलाउन शेष घले सक्रिय, आगामी वैशाखमा एकता महाधिवेशन गरिँदै

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका

हावाहुरीबाट लाखौँको केरा खेतीमा क्षति, किसान निराश

इनरूवा– सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–२ का जब्बार मियाँले भोक्राहा र

उपत्यकामा हल्का वर्षा, तुवाँलोले ढाक्यो आकाश (तस्बिरहरू)

काठमाडौं– लामो समयपछि संघीय राजधानी काठमाडौं उपत्यकामा हल्का वर्षा भएको