दाहाल-नेपाल समूहको आज काठमाडौँमा शक्ति प्रदर्शन, शीर्ष नेताले सम्बोधन गर्ने « Khabarhub

दाहाल-नेपाल समूहको आज काठमाडौँमा शक्ति प्रदर्शन, शीर्ष नेताले सम्बोधन गर्ने


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा विघटनपछि विभाजित बनेको सत्तारूढ नेकपाको दाहाल-नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ ।

नारायणकाजी श्रेष्ठको नेतृत्वमा गठित केन्द्रीय संघर्ष समितिले  आज काठमाडौँमा हुने  ‘वृहत शक्ति प्रदर्शन’ मा कार्यकर्तालाई उपस्थित गराउन प्रदेश, जिल्ला र जनवर्गीय संगठनलाई सर्कुलर गरेको छ ।

पार्टीका स्थायी कमिटी सदस्यहरूको नेतृत्वमा काठमाडौंका बिभिन्न ९ स्थानबाट निस्कने जुलुस राष्ट्रिय सभागृह अगाडि पुगेर सभामा परिणत हुनेछ ।

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बाल्मिकी क्याम्पसबाट जुलुस निकालिने तयारी भएको छ ।

जुलुसको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईँ, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेशकुमार भट्टराईलगायतले गर्नेछन् ।

जुलुसपछिको सभालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायतका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

दाहाल-नेपाल समूहले यसअघि गत पुस १४ गते पनि काठमाडौँमा प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ७ : ५५ बजे

आशाका कालजयी गीतमा स्कुले बच्चादेखि वृद्धसम्म ‘छमछमी’

मोहनी लाग्ला है !‘वसन्त नै बस्न खोज्छ यहाँ’‘किन बढ्दैछ ढुकढुकी

उपसभामुखमा जिल्लिएपछि राप्रपा चर्कियो विवाद, नयाँ नेतृत्वका लागि तत्काल महाधिवेशनमा जानुपर्ने माग

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र फागुन २१ गतेको निर्वाचनमा भएको पराजयको

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ, एकैदिन १०१ चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’ का 

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा– यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा

हच सहरमा राष्ट्रिय फूल बगैंचा परियोजना सुरू, नेपाल-चीन सांस्कृतिक सहकार्यमा अर्को खुट्किलो

बेइजिङ- चीनको हच सहरस्थित मुतान जिल्लाको कूआन्यु पियोनी बगैंचामा ‘युनिभर्सल