ठूलो परिमाणमा लागुऔषधसहित दुई पक्राउ | Khabarhub Khabarhub

ठूलो परिमाणमा लागुऔषधसहित दुई पक्राउ


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- ठूलो परिमाणमा लागुऔषधसहित प्रहरीले सिरहाको गोलबजारबाट दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यलय गोलबजार सिरहाबाट खटिएको टोलीले बिहीबार साँझ लागुऔषधसहित गोलबजार नगरपालिका–२ निवासी २२ वर्षीय राकेशकुमार साह र मिर्चैया नगरपालिका–८ निवासी २७ वर्षीय अनिल शर्मालाई पक्राउ गरेको हो ।

लागुऔषध बिक्री वितरणका लागि गोलबजारबाट लहानतर्फ आउँदै गर्दा गोप्य सूचनाका आधारमा स७प ५७१२ नंको पल्सर मोटरसाइकल र स१०प ५५२२ नंको मोटरसाइकलमा जाँच गर्दा लागुऔषध बरामद भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए ।

पक्राउ परेकाहरुको साथबाट डिलक्स डिसी ३४  बोतल, डाइजोपाम इन्जेक्सन ४५ एम्पुल, नोफिन इन्जेक्सन ४५ थान, फेनारगन ४५ थान, स्पासप्रोक्सन ४८ थान, नाइट्रोभेट ट्याब्लेट एक हजार ४९७ थान लागुऔषध बरामद भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  १० : २५ बजे

डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु

दोलखा– रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी– बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता