दाहाल-नेपाल समूहको शक्ति प्रदर्शनले काठमाडौँको सवारी अस्तव्यस्त « Khabarhub

दाहाल-नेपाल समूहको शक्ति प्रदर्शनले काठमाडौँको सवारी अस्तव्यस्त


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा विघटनपछि विभाजित बनेको सत्तारूढ नेकपाको दाहाल-नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ।

शक्ति प्रदर्शनका लागि देशभरबाट दाहाल नेपाल समूहले आफ्नो समूहका कार्यकर्तालाई काठमाडौँ बोलाएको छ । देशभरबाट आएका नेकपाका कार्यकर्ताका कारण काठमाडौँको ट्राफिक अस्तव्यस्त बनेको छ ।

भक्तपुरबाट आएका सवारीलाई कोटेश्वर तथा तीनकुनेमा रोकिएको छ भने ललितपुरबाट आएका सवारीलाई कुपन्डोलमा रोकिएको छ । कलंकी क्षेत्रबाट आएका त्रिपुरेश्वरमा रोकिएको छ । त्रिपुरेश्वरबाट रोकिएकालाई थापाथलीमा रोकिएको छ ।

सार्वजनिक सवारीमा यात्रा गर्ने पैदलै आफ्नो गन्तव्य गइरहेका छन् ।

नारायणकाजी श्रेष्ठको नेतृत्वमा गठित केन्द्रीय संघर्ष समितिले आज काठमाडौँमा हुने ‘वृहत शक्ति प्रदर्शन’ मा कार्यकर्तालाई उपस्थित गराउन प्रदेश, जिल्ला र जनवर्गीय संगठनलाई सर्कुलर गरेको थियो ।

पार्टीका स्थायी कमिटी सदस्यहरूको नेतृत्वमा काठमाडौंका बिभिन्न ९ स्थानबाट निस्कने जुलुस राष्ट्रिय सभागृह अगाडि पुगेर सभामा परिणत हुनेछ ।

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बाल्मिकी क्याम्पसबाट जुलुस निकालिएको छ ।

जुलुसको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईँ, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेशकुमार भट्टराईलगायतले गर्नेछन् ।

जुलुसपछिको सभालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायतका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

दाहाल-नेपाल समूहले यसअघि गत पुस १४ गते पनि काठमाडौँमा प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ११ : १५ बजे

नेता रिमालको प्रश्न- ‘पर्दा भित्रबाट’ वामपन्थी एकताको चर्चा कसले चलायो ?

काठमाडौं– नेकपा (एमाले)का नेता विष्णु रिमालले अहिलेको समयमा वामपन्थी एकताको

जेसीबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–१६ फारमस्थित पूर्व–पश्चिम राजमार्गमा आज

स्ट्रेट अफ हर्मुजबाट बाहिरिन थाले जहाज

काठमाडौं- इरान र अमेरिकाबीचको तनावका कारण लामो समयदेखि ठप्प रणनीतिक

तनहुँका विभिन्न आयोजनाका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

दमौली– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी तनहुँको आँबुखैरेनी गाउँपालिकाका

लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

धरान– धरान उपमहानगरपालिका-१३ स्थित कोशी लोकमार्गबाट प्रहरीले ५९ किलो प्रतिबन्धित