टेलिभिजनमा ‘दुई स्वास्नीको पोइ, कुना पसी रोई’ | Khabarhub Khabarhub

टेलिभिजनमा ‘दुई स्वास्नीको पोइ, कुना पसी रोई’


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी मंगलबारदेखि दर्शकमाझ नयाँ हास्य श्रृंखला ‘दुई स्वास्नीको पोइ, कुना पसी रोई’ को प्रसारण हुने भएको छ ।

यो श्रृंखला योहो टेलिभिजन एचडीमा प्रत्येक मंगलबार राति ८:३० बजेदेखि प्रसारण हुन लागेको हो ।

काठमाडौँमै छायांकन भइरहेको यो श्रृंखला यूट्युबबाट पनि प्रसारण हुनेछ । समसामयिक तथा पारिवारिक विषयवस्तुमा आधारित उक्त श्रृंखलालाई एसकेएस फिल्म्सको प्रस्तुतिमा निर्माण गरिएको हो ।

गीता नेपाल (दाउरी) को लेखन रहेको यो श्रृंखलामा ज्ञानकुमार कट्टेलको निर्देशन छ । श्रृंखलामा हास्य अभिनेता गोपाल ढकाल ‘छन्दे’ दुई श्रीमतीको श्रीमानको को भूमिकामा देखिँदैछन् । श्रृंखलामा गोपालसहित शुभेच्क्षा थापा, विद्या कार्की, विशाल पहाडी, शुशिला निरौला (बिम्ली), गीता नेपाल (दाउरी), पुरुषोत्तम खड्का, चिन्तामणि पोखरेल, आयुष दाहाल, आयुष कार्की, कृष्ण खड्का, रामकृष्ण नेपाल, विजया बडाल आदि कलाकारको अभिनय रहनेछ ।

काठमाडौंको काभ्रेस्थली (भेडीगोठ) क्षेत्रमा छायांकन गरिएको यो श्रृंखलाका छायांकार राजु श्रेष्ठ हुन् । श्रृंखलामा मनोज ढकालको श्रृंगार तथा मनोज श्रेष्ठको प्रकाश व्यवस्थापन छ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ११ : २७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’