ओलीले इतिहासमा डरलाग्दो घटना घटाए, घुँडा टेकाएर मात्रै विश्राम लिन्छौँ : नेता भुषाल | Khabarhub Khabarhub

ओलीले इतिहासमा डरलाग्दो घटना घटाए, घुँडा टेकाएर मात्रै विश्राम लिन्छौँ : नेता भुषाल


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेता घनश्याम भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर इतिहासमा डरलाग्दो घटना घटाएको टिप्पणी गरेका छन् ।

संसद विघटनविरुद्ध नेकपा दाहाल–नेपाल समूहले गरेको जनप्रदर्शनमा सम्बोधन गर्दै उनले यस्ता टिप्पणी गरेको हुन्।

उनले वास्तविक दुनियाँमा स्यालहरूले रजाइँ गर्न नसक्ने समेत टिप्पणी गरे । विकास र समृद्धिको कुरा नगरी कमरेड ओलीले राष्ट्रिय राजनीतिको धुरीमा आगो लगाएको समेत आरोप लगाए ।

‘ओलीको काम ताण्डवको नाच जस्तो भयो । असंवैधानिक र अलोकतान्त्रिक कमदविरुद्ध कमरेड केपी ओलीलाई घुँडा टेकाएर मात्र विश्राम लिन्छौं ।’

उनले ओलीलाका साइबर सेना भनिनेहरुलाई साइबर स्यालको संज्ञा दिए ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ५ : २० बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण